ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल–नारायणगढ सडकखण्डको दूरावस्थाले ५० प्रतिशत व्यापार घटेको दावी


एबीसी न्यूज

काठमाडौं, २९ मंसिर । बुटवल–नारायणगढ सडकखण्ड विस्तारको काम छिटो पूरा गर्न रुपन्देहीका ठूला लगानीका होटेल व्यवसायीहरुले माग गरेका छन् । सडकको दुरावस्थाले ५० प्रतिशत व्यापार घटेको दाबी गर्दै उनीहरुले सडक विस्तारको काम छिटो सक्न माग गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवल–नारायणगढ सडकखण्ड विस्तारको बुटवलमा शिलान्यास गरेका थिए । ११४ किलोमिटर लामो यो सडक विस्तारको काम दुई वर्षमा पूरा गर्ने गरी चाइना स्टेट कम्पनीले ठेक्का पाएको छ ।

 

१७ अर्ब लागतको यो परियोजना एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सुरु भएको विस्तारको काम सम्झौता अनुसार २०७९ साउनमा सकिनुपर्थ्यो । तर कोरोना महामारी र निर्माण सामग्री अभाव लगायतका कारण देखाएर २०८० भदौ ११ गतेसम्मका लागि म्याद थप गरिएको थियो । थप भएको समयमा पनि काम नसकिएपछि फेरि एक वर्ष म्याद थपिएको छ ।

साढे ४ वर्षको अवधिमा अहिले ४० प्रतिशत मात्र काम सकिएको छ । अहिले धुलो र खाल्डाखुल्डीले गर्दा यात्रा कष्टकर हुने गरेको छ ।

 

पर्यटकस्तरदेखि पाँचतारेसम्मका होटेल व्यवसायीहरुको संस्था नेप्लिज होटेलियर्स एशोसिएसन एनएचए लुम्बिनीले सडकको दूरावस्थाले व्यापार व्यवसायमा असर परेको निष्कर्ष निकालेको छ । हालै गठन भएको एशोसिएसनको पहिलो विस्तारित बैठकले सडकको दुरावस्थाका कारण रुपन्देहीको होटल व्यवसायमा ५० प्रतिशत गिरावट आएको दावी गर्दै सडक विस्तारको काम छिटो पूरा गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष प्रविणबहादुर पाठकले जानकारी दिए ।

 

एशोसिएसनले पर्यटकको बसाइ कम्तीमा एक हप्ता लम्ब्याउन बुद्ध जन्मस्थल लुम्बिनीसहित रुपन्देहीलाई केन्द्रमा राखेर चितवन, पोखरा, नेपालगन्ज र बर्दियासम्मको टुर प्याकेज बनाएर काम गरिरहेको भए पनि बुटवल–नारायणगढ सडक विस्तारको काममा भएको ढिलासुस्तीले असर गरेको पाठकले बताए ।

‘अहिले पर्यटकको चहलपहल बढ्ने सिजन हो तर निर्माणाधीन सडकको दूरावस्थाले रुपन्देही आउने पर्यटक अन्यत्र डाइभर्ट भएका छन्,’ पाठकले भन, ‘हिउँदमा धुलाम्य, वर्षायाममा हिलाम्य अनि ठाउँ–ठाउँमा ट्राफिक जामले तीन घण्टाको यात्रा ६ घण्टासम्म लाग्ने भएपछि रुपन्देही आउने पर्यटकको संख्यामा भारी कटौती भएको छ, ५० प्रतिशत व्यापार घटेको छ ।’

एकातिर गौतमबुद्ध विमानस्थल पूर्णक्षमतामा सञ्चालन हुन नसक्नु, अर्कोतिर पूर्व–पश्चिम राजमार्गको मध्य खण्डमा भइरहेको विस्तारको काम सुस्त हुँदा बुटवल र समग्र रुपन्देहीको पर्यटन व्यवसायमा असर पुगेको एशोसिएसनका उपाध्यक्ष दिलिप गौचनको गुनासो छ । ‘सडक निर्माणका क्रममा बनेका खाडल नपुर्ने तथा नियमित सडकमा पानी नराख्दा धुलो र खाल्डाखुल्डीले जोखिमपूर्ण भएकाले यो सडक भएर आउने पर्यटक घटेका छन्,’ गौचनले भने ।

एशोसिएसनका कोषाध्यक्ष पदम केसीले बेलहिया नाका र अध्यागमन कार्यालयलाई आनुनिक प्रविधियुक्त र सुविधासम्पन्न बनाई भारतीय र तेस्रो मुलुकका पर्यटकलाई सहज वातावरण बनाई आकर्षित गर्न सरकारको ध्यान जानुपर्ने बताए । पर्यटकले बोक्ने रकमको सीमा नतोकी चाहेजति रकम ल्याउन दिँदा मात्रै नेपालका पर्यटन व्यवसायीले लाभ लिन सक्ने केसीले औंल्याए ।

अर्की होटल व्यवसायी प्रणदा दीक्षितले भारतीय पर्यटकलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताइन् । पर्यटक चढेका गाडीलाई अनावश्यक चेकजाँच गरेर हैरानी दिइएकाले यस्तो प्रवृत्ति रोकिनुपर्ने र सीमाबाट नेपालतर्फ ७ किलोमिटर मात्र आउन पाउने व्यवस्था परिमार्जन गरी चुरेको फेंदीसम्म आउन दिनुपर्ने माग गरिन् ।

बुटवल–नारायणगढ सडक विस्तार आयोजनाका प्रमुख सशांक मिश्रले यो खण्डमा पर्ने स्थानीय तहहरुले आवश्यक परेजति माटो र ढुंगा गिटी उपलब्ध गराउन नसक्दा कामले गति लिन नसकेको बताए । आयोजनालाई माटो ३ लाख घनमिटर, ढुंगा र गिटी ६ लाख घनमिटर गरी ९ लाख घनमिटर ‘म्याटेरियल’ आवश्यक रहेको तर चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा पनि स्थानीय तहहरुले निर्माण सामग्री दिनेबारे निर्णय नगर्दा समस्या परेको आयोजना प्रमुख मिश्रले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com