ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखर–गगन मिल्नासाथ दलको नेता परिवर्तन हुन सक्छ ? माहोल निर्माणमा जुट्दै


एबीसी न्यूज

काठमाडौं, २९ मंसिर ।  लामो समयको अन्तरालपछि बुधबार नेपाली कांग्रेस शेखर समूहको बैठक बस्यो, जहाँ नेताहरूले मन माझामाझ गरेको दाबीबीच समूहका एक नेता गगनकुमार थापाको अभिव्यक्ति यतिबेला चर्चाको शिखरमा छ ।

टिमका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाका निकट नेताहरूको भनाइमा, थापाले संसदीय दलको नेता परिवर्तन गर्नुपर्नेमा स्पष्ट धारणा राखेका छन् । जसका लागि आफूले त्याग गर्न पछि नपर्ने भन्दै थापाले कोइरालालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका छन् ।

थापा २०७९ पुस ६ गते संसदीय दलको नेतामा पराजित भएका थिए । संस्थापनइतर समूहबाट चुनाव लडेका थापा पार्टी सभापति शेरबहादुर देउवासँग ३९ मतान्तरले दलको नेतामा पराजित हुनुपरेको थियो ।

थापालाई त्यसबखत आफ्नै टिमबाट समेत धोका भएको थियो । अर्थात् उनले टिमकै मत पनि पाएनन् र दलको नेतामा निराशा भोग्नुपरेको थियो । त्यसयता पनि थापाले निरन्तर दलको नेता बदल्ने आफू प्रयासरत रहने सार्वजनिक मञ्चबाट बताउँदै आएका छन् ।

२३ असार २०८० काठमाडौंको बूढानिलकण्ठमा आयोजित कार्यक्रममा उनले आफू एक पटक पार्टीको संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको बताएका थिए । उनले थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको भन्दै संसदीय दलको नेता विधिसम्मत् परिवर्तन गरिछाड्ने भनेका थिए ।

“म त क्लियर छु हेर्नुस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हुँ । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन,” थापाले भनेका थिए, “कांग्रेसले प्रधानमन्त्री बनाउन पाउने अवस्था आउँदा भूतपूर्व भइसकेकालाई प्रधानमन्त्री बन्न दिनु हुँदैन । त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । त्यसलाई बदल्न सके आफू बन्छु, नसके अरुलाई बनाउँछु, तर बदल्नुपर्छ भन्नेमा छु ।”

थापाले त्यसपछि पनि निरन्तर संसदीय दलको नेता बदल्ने कुरा गरिरहेका छन् । विशेषगरेर कार्यकारी प्रमुखमा पनि अब पुराना र ‘टेस्टेड’ अनुहारलाई चुनौती दिइरहेका छन् । २०७९ मंसिरमा भएको निर्वाचनअघि जनतासँग मत माग्दै उनले आफू प्रधानमन्त्री बनेर देश परिवर्तनको संवाहक बन्ने उनले स्पष्टसँग जनतासँग वाचा गरेका थिए ।

त्यहीअनुसार उनले दलको नेता बन्दै प्रधानमन्त्री बन्ने प्रयास पनि गरे । तर, समूहबाट साथ नपाएपछि उनको जुन वाचा पूरा हुन सकेन । यसरी दलको नेता बदलेर प्रधानमन्त्री बन्ने अथक प्रयासमा रहेका थापाले बुधबार एकाएक किन फरक प्रस्ताव अघि सारे त रु थापाले कोइरालालाई दलको नेतामा किन अघि बढाए त रु साच्चै दलको नेता परिवर्तनका लागि मैदान सहज भएको हो त रु नेता कांग्रेस वृत्तमा टीकाटिप्पणी चलिरहेको छ ।

“सिङ्गो पार्टीको रूपान्तरण र आमजनतामा देखिएको निराशा चिर्न हामी लाग्नुपर्छ । सम्पूर्ण विकृति सुधार गर्ने र सच्याउने काम कांग्रसको हो,” समूहका प्रभावशाली नेता अर्जुनरसिंह केसी भन्छन्, “देखिएका कुशासन अन्त्य गर्नुछ । पार्टीमात्र होइन, देश रूपान्तरण गर्नुछ । कुशासनको अन्त्य गर्ने काम यो समूहले गर्नुपर्छ । तिक्तता कायम गरेर बस्न जरूरी छैन ।”

विवादबीच समूहको बैठक बसेको थियो । शेखर–गगन अब एक रहेनन् भन्ने सन्देश पार्टीको ‘ग्रास–रूट’सम्म पुग्नेगरी परिचर्चाबीच थापाको प्रस्ताव आएको छ । केन्द्रीय सदस्य मधु आचार्य कांग्रेसको नेतृत्वमा बढ्दो निराशा र चाहना भएको परिवर्तनबीच समूहको पछिल्लो बैठकले कार्यकर्ता पंक्तिमा नयाँ उमंग थपिएको छ ।

“गगनजीको जे प्रस्ताव आयो, त्यसमा शेखर डाक्टर सा’बले केही प्रतिकृया दिनुभएको छैन । गगनजीले शेखर डाक्टरलाई प्राथामिकतामा राखेर बोलेपछि समूहमा पनि नयाँ उत्साह थपिएको छ,” आचार्य भन्छन्, “कार्यकर्तामा उत्साह भर्न र कांग्रेसलाई देशको रूपान्तरणकारी शक्ति बनाउन हालको नेतृत्व सफल हुँदैन । शेरबहादुर दाइको अनुहार देखाएर अब कांग्रेसमा उत्साहित हुने समय छैन । आश शेखर–गगनमै छ । उहाँहरूको विकल्प छैन ।”

कांग्रेसमा पार्टी सभापति र संसदीय दलको नेता शेरबहादुर देउवा छन् । पार्टीप्रतिको चिन्ता भन्दा पनि सत्तासमीकरण जोगाउँदै जुनसुकै मूल्य चुकाएर भए पनि फेरि प्रधानमन्त्री बनिछाड्ने योजना देउवाको छ ।

समूहको बुझाइमा, देउवा प्रधानमन्त्री बनेर ०८४ को निर्वाचन गराउन चाहन्छन् ।

आफू प्रधानमन्त्री बनेपछि मात्र पार्टीको १५ औं महाधिवेशन गर्ने दाऊ देउवाको छ । उनले पाँच वर्ष र संविधानको सुविधा बमोजिम ६ महिना थप गरेर १४औं महाधिवेशन जस्तै १५औं महाधिवेशन पनि पर धकेल्ने डिजाइन गरिरहेको समूहको बुझाइ छ ।

पार्टीको महाधिवेशन भएको दुई वर्ष पुगिसकेको छ । २०८२ मंसिर अन्तिममा पार्टीको महाधिवेशन गर्नुपर्ने विधानमा प्रावधान छ । तर, देउवाले विधान प्रयोग गरी २०८३ अन्तिम वा विधानको छिद्र प्रयोग गरेर ६ महिना थप लिएर ०८४ मा अधिवशेन गराउने डर समूहमा छ ।

यसरी देउवाले आफ्नो कार्यकाल पर लगेमा आसन्न चुनावमा पनि टिकट बाँड्ने र कांग्रेसलाई पुनः तहसनहस बनाउने बुझाइमा समूह छ । त्यसमाथि देउवाको शक्तिको आडमा उनकी पत्नी डा। आरजू राणाले पार्टीमा पकड जमाउने र दिन प्रतिदिन पार्टी बदनाम गराइरहेको बुझाइ छ ।

देउवा र उनका ‘भारदार’को शक्ति क्षयीकरण नगराए ०८४ को निर्वाचनले गतिलो झापड दिने विश्लेषणमा छन् । एकतामा माहोल बनाउन गगन थापाले बुधबारको बैठकमा शेखर कोइरालालाई अघि बढाउने गरी अभिव्यक्ति दिएको उनी बताउँछन् ।

“कांग्रेसलाई बचाउने र सशक्त पार्टी बनाउने भए शेखर–गगनको विकल्प छैन” ती नेता भन्छन्, “जसरी प्रस्ताव आयो, शेखर–गगन एक ठाउँ छन् भन्ने ‘म्यासेज’ गएको छ । यो हाम्रो लागि एकप्रकारको ठूलो सफलता हो ।”
अर्का एक नेताको बुझाइमा, एक वर्षअघिको संसदीय दलको नेताको चुनावमा गगनलाई साथ नदिएकाहरूले शेखरको नाममा भने साथ दिने सम्भावना छ ।

टिमकै भोट नआउने र समूहमा पुनः विभाजनको रेखा कोरिनबाट शेखरको नामले जोगाउन सक्छ ।

अर्का नेता भन्छन्, “माहोल मिल्यो भने देउवा टिमको भोट क्रस गराएरै भए पनि शेखरलाई जिताउन सकिन्छ भन्ने हाम्रो मान्यता हो । गगनजी उठे पुनः धोका हुने सक्छ । त्यसैले निर्णायक लडाई लड्ने अवस्थामा हामीले रणनीतिक काम गर्नैपर्छ ।”

बुधबार बैठकपश्चात् नेताहरू शेखर–गगन असमझदारी तत्कालका लागि टरेको बताउँछन् । तर, निरन्तर संवाद र सहकार्य नभए असमझदारी फेरि बढ्न सक्छ । “ग्राउण्डले शेखर–गगन सहकार्य चाहेको छ । उहाँहरूले कार्यकर्ता र जनभावना मानिदिए हुन्थ्यो भन्ने हाम्रो चाहाना हो,” केन्द्रीय सदस्य डा। गोविन्द पोखरेल भन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com