काठमाडौ २९ मंसिर । काठमाण्डौ महानगरपालिकाले आज २९औँ महानगर दिवसको मूल समारोह टुँडिखेलमा मनाउँदै छ । बिगतको बर्षहरुमा दिवसको मूल समारोह आयोजना वसन्तपुरमा गरिएको थियो तर यसपालि वसन्तपुरमा गाडी प्रवेशमा निषेध गरिएको र ठूलो स्पीकर राखेर गरिने कार्यक्रम गर्न रोकेको कारण महानगरले मूल समारोह टुँडिखेलमा गर्नै जनाएको छ ।
महानगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो । कार्यक्रममा विभिन्न प्रतियोगिता र सांस्कृतिक झाँकीहरु प्रस्तुत हुनेछन् । महानगरपालिकाको कार्यक्रम सैनिक मञ्चमा हुन लागेको यो पहिलो पटक हो ।








प्रतिक्रिया दिनुहोस्