काठमाडौं, २८ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
यसअवधिमा विप्रेषण आप्रवाह २६।४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०।४ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३।१ प्रतिशतले वृद्धि भइ तीन अर्ब ६० करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०।८ प्रतिशतले बढेको थियो ।








प्रतिक्रिया दिनुहोस्