काठमाडौं, २७ मंसिर । अर्थ मन्त्रालयले सरकारी खर्च र आम्दानीको अवस्था सार्वजनिक गरेको छ। यसअनुसार पुँजीगत खर्च करिब ६ प्रतिशत वृद्धिदर रहेको र समग्र कर राजस्वतर्फ ७।५७ प्रतिशत वृद्धिदर कायम रहेको मन्त्रालयको भनाइ छ।
त्यसैगरी भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ करिब ७।१९ प्रतिशत र आयकरतर्फ करिब १२ प्रतिशतले वृद्धि भइरहेको मन्त्रालयले उल्लेख गरेको छ।
केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ६।५ प्रतिशतबाट घटाएर ५।५ प्रतिशत, बैंक दरलाई ७।५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४।५ प्रतिशतबाट ३ प्रतिशत कायम गरेको छ। राष्ट्र बैंकका अनुसार अहिले अन्तर बैंक दर २।५ प्रतिशतको हाराहारीमा छ।
२०७९ चैत महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर १०।४८ प्रतिशत रहेकोमा २०८० असोज मसान्तमा वाणिज्य बैंकहरुको औसत आधार दर ९।९४ प्रतिशत छ।
२०७९र०८० को पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८।५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा १३० अर्ब पुगेको छ।
निक्षेपतर्फ २०७९र८० को पहिलो चार महिनामा ४६ खर्ब ७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा २ खर्ब ४४ अर्ब पुगेको छ।
२०८० असोज मसान्तसम्म चालु खाता ५९ अर्बले बचतमा रहेको, ९९ अर्बले सोधनान्तर बचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय संचिति रहेको छ।
विप्रेषणको आप्रवाह २०८० असोजमसम्ममा ३० प्रतिशले बढेकोले बाह्य क्षेत्र सन्तुलनको अवस्था राम्रो रहेको अर्थ मन्त्रालयले जनाएको छ।
हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन भएको छ। चालू आर्थिक वर्षमा करिब ९०० मेगावाट जलविद्युत राष्ट्रिय प्रसारणमा जोडिने क्रममा रहेको छ।








प्रतिक्रिया दिनुहोस्