ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेताहरूले शेखर र गगनलाई भने, तपाईंहरूबीच दरार आउनु राम्रो होइन, मिल्नुस्


एबीसी न्यूज

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहका नेताहरू नेतृत्वमा विवाद देखिएको भन्दै मिलेर अघि बढ्न सुझाएका छन्।

बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा बोलेका नेताहरूले डा। शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच दरार आएको समाचार सुनेको भन्दै मिलेर अघि बढ्न दबाब दिएका हुन्।

बैठकमा बोलेका नेताहरूले दुवैजनाको नाम लिएर यदि मिलेर अघि नबढेमा संस्थापनले अझै पेल्न सक्नेतर्फ सचेत गराएका थिए।

केही समययता शेखर र गगनबीच मनमुटावको समाचार सार्वजनिक भएका थिए। त्यहीकारण गगन इत्तर समूहको बैठकमै आउन आनाकानी गरेका थिउ।

तर डा. कोइरालाले उनीसँग मंगलबार तीन घण्टा लामो वार्ता गरेपछि बुधबारको बैठकमा अधिकांश नेताहरू सहभागी छन्। गगन पनि ढिलोगरी उक्त बैठकमा सहभागी भए।

बैठकका क्रममा नेताहरूले यदि मिलेर अघि नबढ्ने हो भने समस्या हुने बताएपछि डा। कोइरालाले आफूहरूबीच बाहिर आए जस्तो कुनै समस्या नभएको स्पष्टीकरण दिए।

उनले गगनसँग अहिले पनि आफू सहकार्यमा रहेको बताउँदै समय समयमा छलफल पनि गरिरहेको जवाफ दिएका थिए। गगनसँग मंगलबार पनि लामो छलफल भएको उल्लेख गरेका उनले मिलेर जाने कुरामा कुनै समस्या नरहेको भने नेताहरूलाई आश्वस्त बनाए।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com