ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष तिमिल्सिना- दलहरूले गरेको प्रतिबद्धता पूरा नहुँदा जनता निराश छन्


एबीसी न्यूज

काठमाडौं, २७ मंसिर । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले चुनावमा गरेका घोषणा र प्रतिबद्धताहरुको पूर्ण पालना नगर्दा नागरिकहरु निराश भएको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनावमा दलहरुले जारी गरेका घोषणापत्र र उम्मेदवारहरुले गरेको प्रतिबद्धताहरु पूरा नहुँदा नागरिकहरु राजनीतिप्रति असन्तुष्ट रहेको बताए ।

उनले भने, ‘चुनावमा घोषणा पत्र दलहरुले जारी गर्दछन्, उम्मेदवारहरुले विकास, समृद्धि, सुशासन, न्याय आदि इत्यादि मत माग्दा भाषण गर्ने गर्छौं । जे बोल्छौं, त्यो गरिदिए हुन्छ । यहाँ त जे बोल्छौं त्यो नगर्ने कुरा भएको हुँदा बिग्रिएको छ । त्यसैले हामी जे बोल्छौं, त्यो गर्नुपर्छ ।’

उनले बोलेको कुरा पूरा नगर्दा समाजमा समस्या पैदा भएको बताए । उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्कै कुरा बोल्ने परिपाटी अन्त्य हुनुपर्ने बताए ।

उनले भने, ‘ सत्तामा हुँदा एउटा कुरा हुन्छ, त्यहीं प्रतिपक्षमा हुँदा अर्को हुन्छ । त्यो भनेको जे बोल्छौं, त्यो नगरेर हो नि । मत माग्दा के भनेको छ, पाएर जितिसकेपछि अर्को भइदिएको छ । हामी गर्न सक्ने कुरा बोलौं, बोलेको कुरा गरौं ।’

अध्यक्ष तिमिल्सिनाले आम नागरिकको दैनिकीसँग जोडिने विषयवस्तुमा सरकारले विशेष ध्यान दिई कामकारबाही गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com