काठमाडौं, २२ मंसिर । राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर एनसेलको सेयर खरिद बिक्री प्रकरणको सम्बन्धमा जानकारी लिने भएको छ ।
शुक्रबार बसेको समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई आउँदो सोमबार ९मंसिर २५ गते० बैठकमा बोलाएर एनसेलको सेयर खरिद बिक्रीको सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको हो ।
त्यसैगरी सोही दिन प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकको सम्बन्धमा पनि छलफल गर्ने निर्णय गरेको समिति सभापति रामहरी खतिवडाले बताए ।
समितिले प्रधान सेनापतिलाई आगामी बुधबार काठमाडौं–तराईरमधेस द्रुत मार्गको कार्य प्रगतिको सम्बन्धमा जानकारी लिने निर्णय गरेको पनि उनले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्