ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय गौरवका २१ आयोजना – प्रगति अवस्था दयनीय


एबीसी न्यूज

काठमाडौं, १८ मंसिर । सरकारले उच्च प्राथमिकता दिएको निर्माणाधीन राष्ट्रिय गौरवका आयोजना कुनै पनि निर्धारित समयमा सकिएका छैनन् र अझ सकिने अवस्था पनि देखिँदैनन् ।

हाल निर्माणाधीन २१ वटा राष्ट्रिय गौरवका आयोजनाको भौतिक र वित्तीय प्रगतिको अवस्था निकै दयनीय रहेको सरकारी तथ्याङ्कले देखाउँछ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा सांसद दिलेन्द्रप्रसाद बडुले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिनिधिसभालाई लिखित रुपमा जवाफ उपलब्ध गरेको थियो । प्रधानमन्त्री कार्यालयले उपलब्ध गरेको विवरणमा वर्षौं बित्दा पनि राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माण सम्पन्न हुन नसकेको देखिन्छ ।

राष्ट्रिय गौरवका आयोजनाको म्याद पटक–पटक थप गरिएको छ भने काम सुस्त गतिमा भइरकेको तथ्याङ्कले देखाउँछ ।

बबई सिँचाई आयोजना

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गरेको विवरण अनुसार, आर्थिक वर्ष २०४५र४६ बाट सुरु भएको बबई सिँचाई आयोजनाको काम हालसम्म पूरा हुन सकेको छैन । निर्माण कार्य सुरु भएको ३५ वर्ष बित्दा बबई सिँचाई आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ६६।८७ प्रतिशत भएको छ । यो प्रगति विवरण २०८० असार मसान्तसम्मको हो ।

आयोजनाको म्याद पटक–पटक थप्दा पनि हालसम्म पूरा हुन सकेको छैन । बबई सिँचाई आयोजनाको सम्पन्न गर्ने म्याद पछिल्लो पटक आर्थिक वर्ष २०८९र९० सम्म थप गरिएको छ ।

मेलम्ची खानेपानी आयोजना

काठमाडौंवासीको खानेपानी समस्या समाधान गर्न मेलम्ची खानेपानी आयोजना आर्थिक वर्ष २०५५र५६ मा सुरु गरिएको थियो । आयोजनाको काम सुरु भएको २५ वर्ष बितिसक्यो, तर अझै पूरा भने भएको छैन । २०८० असार मसान्तसम्म आयोजनाको भौतिक प्रगति ९८।२१ प्रतिशत र वित्तीय प्रगति ९२।२० प्रतिशत भएको छ ।

मेलम्चीमा आएको बाढीले आयोजनाको मुहान भत्काएपछि अर्को स्थानमा मुहान बनाउने कार्य अघि बढाइएको छ । यसका लागि थप अर्बौ रुपैयाँ लाग्नेछ । तर, आयोजना कहिले पूरा हुन्छ यसै भन्न सक्ने अवस्था छैन ।

हुलाकी राजमार्ग

आर्थिक वर्ष २०६४र६५ मा सुरु गरिएको हुलाकी राजमार्गको काम पनि अझै पूरा हुन सकेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरण अनुसार हुलाकी राजमार्गको हालसम्मको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति पनि ९१ प्रतिशत छ ।

यो आयोजना आर्थिक वर्ष २०८२र८३ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

मध्यपहाडी लोकमार्ग

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम १६ वर्ष बित्दा पनि सकिएको छैन । यो आयोजना आर्थिक वर्ष २०६४÷६५ मा सुरु गरिएको थियो । पटक–पटक म्याद थप गरी आयोजना आर्थिक वर्ष २०७९र८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हुन सकेन ।

२०८० असार मसान्तसम्म मध्यपहाडी लोकमार्गको भौतिक प्रगति ७२।७ प्रतिशत र वित्तीय प्रगति ७६।८ प्रतिशत भएको छ ।

उत्तर–दक्षिण लोकमार्ग

आर्थिक वर्ष २०६९र७० मा सुरु गरिएको उत्तर–दक्षिण लोकमार्ग कर्णाली कोरिडोर ९हिल्सा–सिमीकोट० ले ११ वर्ष बित्दा पनि पूर्णता पाउन सकेको छैन । २०८० असार मसान्तसम्म उत्तर–दक्षिण लोकमार्गको भौतिक प्रगति २४ प्रतिशत र वित्तिय प्रगति २०।४१ प्रतिशत छ ।

आर्थिक वर्ष २०८३÷८४ सम्म यो आयोजना सम्पन्न गर्ने लक्ष्या राखिएको छ । जुन गतिमा यसको भौतिक र वित्तीय प्रगति छ, त्यही गतिमा काम भइरहे निर्धारित समयमा यो आयोजना पूरा हुन्न । उत्तर–दक्षिण कर्णाली कोरिडोरअन्तर्गत लालीबगर–भुक्काखोला सडक खण्डको काम पनि आर्थिक वर्ष २०६९÷७० बाट सुरु भएको थियो । यो सडक खण्डले पनि हालसम्म पूर्णता पाएको छैन ।

२०८० असार मसान्तसम्म लालीबगर–भुक्काखोला सडक खण्डको भौतिक प्रगति ४३।०८ प्रतिशत र वित्तीय प्रगति २९।५७ प्रतिशत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यो सडक खण्ड आर्थिक वर्ष २०८३र८४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कालीगण्डकी कोरिडोर

कालीगण्डकी कोरिडोरभित्र पर्ने दुई वटा सडक खण्ड छन् । पहिलो, बेनी–जोमसोम–केरला सडक र दोस्रो, गैंडाकोट–राम्दी–मालढुङ्गा सडक । बेनी–जोमसोम–केरला सडकको निर्माण आर्थिक वर्ष २०७३र७४ र गैडाकोट–राम्दी– मालढुङ्गा सडकको निर्माण आर्थिक वर्ष २०६६र६७ बाट सुरु गरिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गरेको विवरण अनुसार २०८० असार मसान्तसम्म बेनी–जोमसोम–केरला सडकको भौतिक प्रगति ७२ प्रतिशत र वित्तिय प्रगति ६३ प्रतिशत भएको छ । यस्तै, सोही अवधिसम्म गैडाकोट–राम्दी–मालढुङ्गा सडकको भौतिक प्रगति ४५ प्रतिशत र वित्तीय प्रगति ४३ प्रतिशत मात्र भएको छ ।

उत्तर–दक्षिण कोशी कोरिडोर

उत्तर दक्षिण कोशी कोरिडोरको निर्माण कार्य आर्थिक वर्ष २०६५र६६ बाट सुरु गरिएको थियो । सुरु भएको १५ वर्ष बित्दा पनि कोरिडोरको काम सम्पन्न भएको छैन । २०८० असार मसान्तसम्म उत्तर दक्षिण कोशी कोरिडोरको भौतिक प्रगति ४४।८ प्रतिशत र वित्तीय प्रगति ४२।४७ प्रतिशत भएको छ । आर्थिक वर्ष २०८३र८४ सम्म कोरिडोरको काम सक्ने लक्ष्य राखिएको छ ।

रेल्वे तथा मेट्रो रेल विकास आयोजना

आर्थिक वर्ष २०६५र६६ मा रेल्वे तथा मेट्रो रेल विकास आयोजनाको काम सुरु गरिएको थियो । यो आयोजना सुरु भएको १५ वर्ष बितिसकेको छ, तर काम भने आधा पनि भएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, २०८० असार मसान्तसम्म रेल्वे तथा मेट्रो रेल विकास आयोजनाको भौतिक प्रगति ४३ प्रतिशत र वित्तीय प्रगति ४२।८८ प्रतिशत मात्र भएको छ ।

सिक्टा सिँचाई आयोजना

सिक्टा सिँचाई आयोजना सुरु भएको १८ वर्ष बितिसकेको छ । आर्थिक वर्ष २०६२र६३ मा सुरु भएको यो आयोजनाको काम आधा पनि सम्पन्न भएको छैन । आर्थिक वर्ष २०७९र८० सम्म सिक्टा सिँचाई आयोजनाको भौतिक प्रगति ३९।७६ र वित्तीय प्रगति ३८।९६ प्रतिशत मात्र भएको छ । यो आयोजना आर्थिक वर्ष २०८९र९० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

रानी जमरा र कुलरिया सिँचाई आयोजना

राष्ट्रिय गौरवको रानी जमरा र कुलरिया सिँचाई आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६७र७८ बाट सुरु गरिएको थियो ।

आयोजना निर्माण सुरु भएको १३ वर्ष बित्दा पनि काम सम्पन्न भएको छैन । प्रधानमन्त्री तथा मन्त्रपषिद्को कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९र८० सम्म यस आयोजनाको भौतिक प्रगति ६६।९७ प्रतिशत र वित्तीय प्रगति ६५।२४ प्रतिशत भएको छ ।

आर्थिक वर्ष २०८०र८१ मा यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजना

आर्थिक वर्ष २०७३÷७४ बाट सुरु भएको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको काम एक चौथाई पनि सम्पन्न भएको छैन । काम सुरु भएको सात वर्ष बित्दा आयोजनाको भैतिक प्रगति २१।४ प्रतिशत र वित्तीय प्रगति मात्र १९।२ प्रतिशत भएको छ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजना आर्थिक वर्ष २०८४र८५ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यही गतिमा कार्य भए उक्त समयसम्म आयोजना सम्पन्न हुने देखिँदैन ।

महाकाली सिँचाई आयोजना

महाकाली सिँचाई आयोजना निर्माण कार्य आर्थिक वर्ष २०६३र६४ बाट सुरु गरिएको थियो । आयोजना सुरु भएको १७ वर्ष बिते पनि काम भने २० प्रतिशत पनि भएको छैन । २०८० असार मसान्तसम्म महकाली सिँचाई आयोजनाको भौतिक प्रगति मात्र १९।२९ प्रतिशत र वित्तीय प्रगति १८।९९ प्रतिशत भएको छ ।

आयोजना सम्पन्न गर्ने म्याद आर्थिक वर्ष २०८७र८८ सम्मलाई राखिएको छ ।

भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजना

आर्थिक वर्ष २०७१र७२ मा सुरु गरिएको भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम आर्थिक वर्ष २०८४र८५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सुरु भएको ९ वर्ष बित्दा आयोजनाको भैतिक प्रगति ६२ प्रतिशत र वित्तिय प्रगति ५४।८६ प्रतिशत भएको छ ।

बूढी गण्डकी जलविद्युत आयोजना

बूढी गण्डकी जलविद्युत् आयोजना आर्थिक वर्ष २०६९र७० बाट सुरु भएको थियो । आयोजना निर्माण सुरु भएको ९४ महिना ९७।८३ वर्ष० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना सुरु भएको ११ वर्ष बितिसक्दा पनि काम भने पूरा भएको छैन ।

प्रधानमन्त्री तथा मन्पिपरिषद्को कार्यालयका अनुसार, आर्थिक वर्ष २०७९र८० सम्म आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत र वित्तीय प्रग्ति ९६।६२ प्रतिशत भएको छ ।

काठमाडौं–तराईरमधेस द्रुत मार्ग आयोजना

राष्ट्रिय गौरवको काठमाडौं–तराई÷मधेश द्रुत मार्ग आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३र७४ बाट सुरु गरिएको थियो । निर्माण कार्य तीव्र गतिमा गर्न आयोजनाको जिम्मा नेपाली सेनालाई दिइएको थियो ।

सेनाले द्रुतमार्गको निर्माण कार्य सुरु गरेको ७ वर्ष बितिसकेको छ । चार वर्षमा काम सम्पन्न गर्ने गरी सेनालाई दिइएको द्रुत मार्गको काम हालसम्म सम्पन्न हुन सकेको छैन ।

२०८० असार मसान्तसम्म द्रुतमार्गको भौतिक प्रगति २५।५४ प्रतिशत र वित्तीय प्रगति २८।११ प्रतिशत भएको छ । पटक–पटक म्याद थप गरी आयोजना आर्थिक वर्ष २०८०र८१ सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर उक्त अवधिमा कार्य सम्पन्न हुने नदेखिएपछि म्याद २०८३ चैत मसान्तसम्मलाई थपिएको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

आर्थिक वर्ष २०७१र७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम सुरु भएको ९ वर्ष बितेको छ ।

यो कार्यक्रम २० वर्षे गुरुयोजनाअनुसार आर्थिक वर्ष २०९३र९४ सम्मको लागि बनाइएको थियो । आर्थिक वर्ष २०७९र८० सम्म राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको भौतिक प्रगति ५।७९ प्रतिशत र वित्तीय प्रगति ५।६३ प्रतिशत छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com