ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलमान घिसिङ – नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे


एबीसी न्यूज

काठमाडौं, १५ मंसिर ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन् । बिहीबार ललितपुर महानगरपालिका क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सबैले नकारात्मक कुरा गर्दा सकारात्मक र काम गर्ने व्यक्ति कम हुँदै गएको उनले उल्लेख गरे । उनले देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको बताए ।

एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्त्वको एक हजार ६१ मेगावाटको अप्पर अरुण योजना अलपत्र परिरहेको उनले सुनाए । एक वर्षसम्म अनुमति नदिएर काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने उनले बताए ।

“नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढ्यो । सबैले नेगेटिभ मात्रै कुरा गर्ने हो भने काम कसले गर्ने रु पोजिटिभ कुरा त कतै पनि नआउने भयो । यो स्थिति आउनु दुर्भाग्यपूर्ण हो । मैले पीडा बोलेको हो । जता पनि समस्या छ,” उनले भने, “तराईमा गयो – ट्रान्समिसन लाइनको समस्या, यहीँ नजिकै ट्रान्समिसन लाइनको समस्या । लप्सीफेदीमा मेरोविरुद्धमा नारा लगाइरहेको छ, कसरी काम गर्ने रु वनले काम नै गर्न दिँदैन ।

एउटा रुख काट्न नसकेर मैले, एक वर्षसम्म एउटा रुख काट्न नदिएर राष्ट्रिय महत्त्वको ठूलो योजना अप्पर अरुण एक हजार ६१ मेगावाटको बाटोको काम एक वर्षसम्म रोकेर बसेको छ । यस्तो स्थितिले देश बन्छ ?  बन्दैन ।”

निर्देशक घिसिङले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने विषयमा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको जानकारी दिए ।

उनले ‘अन्डरग्राउन्ड’ गर्ने ठूलो योजना सडक विभागले सात महिना भइसक्दा समेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गरे । नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको उनको भनाइ छ ।

सडक विभागले तार भूमिगत गर्न नदिँदा ठूला ‘कन्ट्याक्टर’ काम छोडेर भाग्ने अवस्थामा पुगेको उनले उल्लेख गरे । ‘मेरो क्षेत्राधिकारभित्र दिन्नँ’ भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको उनले बताए ।

उनले समन्वयको कमीका कारण ठूला योजना बेवारिसेका रूपमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com