ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुलिसलाई रनरेटमा पछि पार्दै मधेस सेमिफाइनलमा


एबीसी न्यूज
मंसिर १२, २०८० मंगलबार  ३ : १९ बजे

काठमाडौं, १२ मंसिर । नेपाल पुलिस क्लबलाई नेट रनरेटमा पछि पार्दै मधेस प्रदेश केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० को सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरामा जारी प्रतियोगितामा मंगलबार समूह ‘सी’ को पुलिसले सुदूरपश्चिम प्रदेशसँग चार विकेटको हार बेहोरेपछि मधेसले सेमिफाइनल यात्रा तय गरेको हो ।

समूहका तीन वटै टिमले दुई खेलबाट समान दुई अंक जोडे पनि मधेस नेट रनमा अघि रह्यो । पुलिसविरुद्ध जित निकाले पनि सुदूरपश्चिमले अन्तिम–४ को यात्रा तय गर्न सकेन । मधेस शीर्ष स्थानमा रहँदा पुलिस दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा रहँदै प्रतियोगिताको समूह चरणबाट बाहिरिए ।

मंगलबार पुलिसले प्रस्तुत गरेको १५९ रनको लक्ष्य सुदूरपश्चिमले १८।४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले ५१ रन बनाए । उनले ३४ बलमा चार चौका र दुई छक्का प्रहार गरे । ४६–५ को कठिन अवस्थामा किरणले नरेन्द्र साउदसँग ९३ रनको साझेदारी गर्दै टिमलाई जितउन्मुख गराएका थिए ।

नरेन्द्रले ३० बलमा पाँच चौका र एक छक्कासहित ३९ रन थपे । अन्तिममा किरणसँगै अविजित रहेको नारायण जोशीले १७ रन बनाए । कप्तान राजु रिजालले १९ र वसन्त कार्कीले १५ रन जोडे ।

पुलिसका राशिद खानले तीन विकेट लिए । सुनिल धमला र सागर ढकालले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो ।

पुलिसका ओपनर कुशल भुर्तेलले ५१ बलमा समान पाँच चौका र छक्कासहित ६७ रन बनाएका थिए । सुनिल धमलाले ४२ र अर्जुन साउदले २० रन थपे ।

सुदूरपश्चिमका विकास आग्रीले दुई विकेट लिए । भोजराज भट्ट र बसन्त खत्रीले एक–एक विकेट लिए ।

यसअघि पहिलो खेलमा सुदूरपश्चिम मधेस प्रदेशसँग आठ विकेटले पराजित भएको थियो । यस्तै, मधेस प्रदेशले भने पुलिससँग ५७ रनको हार बेहोरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com