ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलित आयोग अध्यक्ष- जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको छ


एबीसी न्यूज

काठमाडौं, १२ मंसिर । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातपात प्रथाको नेतृत्व सिंहदरबारले गरिरहेको आरोप लगाएका छन्।

भक्तपुरको घ्याम्पे डाँडामा बुधबार सुरु ‘राष्ट्रिय दलित आयोगको रणनीतिक योजना ९२०८०र८१–२०८४र८५० को मस्यौदा छलफल कार्यक्रम’लाई सम्बोधन गर्दै आयोगका अध्यक्ष विश्वकर्माले राज्यले दलित समुदायप्रति बेवास्ता गरिरहेको आरोप लगाएका हुन्।

‘एउटा तप्का जातपात प्रथा जोगाउन चाहन्छ, त्यसको नेतृत्व सिंहदरबारले गरिरहेको छ’, उनले भने, ‘सिंहदरबार दलित शब्द भनेपछि सुन्नै चाहँदैन, त्यहाँका मानिस दलित लेख्नपर्‍यो भने हात कपाउँछन्, लेख्नै चाहँदैनन्।’

राज्यले सरकारी दस्तावेजहरूबाट क्रमशः दलित शब्द हटाउँदै लगेको उनको दाबी छ।

पहिले दलितका लागि छुट्याइने छात्रवृत्ति अहिले विपन्नको नाममा मात्र दिने गरेको अध्यक्ष विश्वकर्माले बताए। यसले गर्दा छात्रवृत्तिको सुविधाबाट दलित समुदायका बालबालिका वञ्चित हुन थालेको उनको भनाइ छ।

पछिल्लो समय सिंहदरबारको सोच ‘सबै दलितले खाइसक्यो’ भन्ने रहेको उनको आरोप छ।

राज्यले पर्याप्त स्रोत–साधन दिए मात्र दलित आयोगले आफ्नो काम गर्नसक्ने उल्लेख गर्दै उनले यसमा पनि बेवास्ता गरिएको गुनासो गरे।

‘पाँच जना कर्मचारी नियुक्ति गर्देर चुपो लागेर बस्छ राज्य’, उनले भने, ‘आयोगमा सचिव पद खाली भएको ३ महिना भइसक्यो, अहिलेसम्म सरकारले पठाएको छैन, अरू पद पनि खाली नै छन्।’

बुधबार र बिहीबार २ दिन चल्ने कार्यक्रमले दलित आयोगको आगामी ५ वर्षसम्मको व्यवस्थित योजना निर्माण गर्ने अध्यक्ष विश्वकर्माले जानकारी दिए।

कार्यक्रममा दलित क्षेत्रका विज्ञ, दलित अधिकारकर्मी, दलित समुदायका अधिवक्ता, बुद्धिजीवी, पत्रकार सहभागी छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com