ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले-माओवादीलाई आफैंले हुर्काएको प्रवृत्ति भारी


एबीसी न्यूज

काठमाडौं, १० मंसिर । सरकारको नेतृत्व गरिरहेको माओवादी र प्रमुख प्रतिपक्ष एमालेलाई उनैले हुर्काएका दुर्गा प्रसाईं काँडा बनेर च्वास्स–च्वास्स घोचिरहेका छन् । एमाले–माओवादीको काखमा हुर्किएका प्रसाईंले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउने भन्दै राजधानी केन्द्रित गतिविधि तीव्र पारेका छन् ।

आफैंले हुर्काएको प्रवृत्ति एमाले(माओवादीलाई भारी

उनले पुराना दलविरुद्ध खुलेआम मोर्चाबन्दीसमेत गरेका छन् । ‘अराजनीतिक’ भाषाशैलीमार्फत एमाले र माओवादीको अस्तित्वमाथि बोल्ने आँट जुटाइदिने श्रेय एमाले र माओवादीका शीर्ष नेतालाई नै जान्छ ।

शान्ति प्रक्रियापछि माओवादी अध्यक्ष पुष्पकमल दाहालको छहारी पाएका प्रसाईंले २०७४ को निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको आडभरोसा पाए । एमाले–माओवादी एकीकरण भई नेकपा बनेपछि उनी दुई नेताका साझा भए ।

राजनीतिक विश्लेषक झलक सुवेदी कम्युनिस्ट पार्टीमा विचारधारा कमजोर भएपछि स्वार्थी व्यक्तिको प्रवेश हुने बताउँछन् । ‘पार्टीहरूमा विचारधारा सकिएपछि कसको के लाग्छ रु’ उनले भने, ‘कम्युनिस्ट पार्टीमा विचार सकिएपछि स्वार्थी समूह प्रवेश गर्छन्, स्वार्थ पूरा नभएपछि बाहिएर चर्को आलोचक बन्छन् । दुर्गा प्रसाईं यस्तै उदाहरण हुन् ।’ माओवादी नेताहरूले प्रसाईंलाई आफैंले रोपेको काँडा भन्न थालेका छन् ।

प्रसाईंको सार्वजनिक रूपमा टिप्पणी गर्न नचाहने एक माओवादी नेताले भने, ‘आफैंले रोपेको काँडाले च्वास्स–च्वास्स घोचिरहेको छ ।’ माओवादी नेता लेखनाथ न्यौपानेले कम्युनिस्ट पार्टी मूल्य, मान्यता र विधिमा नचल्दा प्रसाईं प्रवृत्तिले प्रश्रय पाउने बताए । ‘कम्युनिस्टमा गैरवामपन्थी मान्छेलाई प्रवेश गराउने सीमाहीन अवस्था छ,’ उनले भने, ‘एमाले र माओवादीमा प्रसाईं प्रवेश मूल्यहीनताको उदाहरण थियो ।’

प्रसाईंको गतिविधिप्रति लक्षित गर्दै एमाले महासचिव शंकर पोखरेलले अराजकताको विरोध गर्दा एमाले कमजोर नहुने टिप्पणी गरेका छन् । ‘युवा र विद्यार्थीहरूले बढ्दो अराजकताको विरोध गर्दा एमाले कमजोर हुँदैन,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘जातीय र धार्मिक अतिवादको विरोध गर्दा एमाले कमजोर हुँदैन । दलाल नोकरशाहहरूको विरोध गर्दा एमाले कमजोर हुँदैन ।’ असोजमा एमाले निकट युवा संघका कार्यकर्ताले प्रसाईंलाई काठमाडौंमा मोसो दलेपछि उनी एमालेप्रति आक्रोशित मात्र बनेनन्, एमाले नेता महेश बस्नेतसँग भिड्न अघि सरे । झापाको अर्जुनधारामा असोज २७ मा भएको युवा संघको कार्यक्रममा बस्नेत समर्थकका गाडीमाथि उनका समर्थकले तोडफोड गरे ।

एमाले र माओवादीले ०७४ को चुनावमा गठबन्धन गरेपछि प्रसाईं दाहाल र ओलीनिकट बन्न पुगे । ०७४ फागुन ६ मा दुई नेतालाई आफ्नै निवासमा मार्सी चामलको भात खुवाएपछि प्रसाईं चर्चामा आएका हुन् । यतिसम्म कि उनले आफूले एमाले र माओवादी एकता गराउन भूमिका खेलेको समेत दाबी गर्न भ्याए । दुई नेतालाई मार्सीको खाना खुवाउनुअघि उनी झापा बिर्तामोडमा रहेको मेडिकल कलेजको सम्बन्धनका लागि नेताको दैलोदैलो पुग्ने गरेका थिए ।

माओवादीको साधारण सदस्य भए पनि प्रसाईंले पार्टी हेडक्वार्टरमा सिधा पहुँच बनाउन सफल भए । मेडिकल कलेजलाई सम्बन्धन नपाएपछि दाहालमाथि उनले टिप्पणी गर्न सुरु गरे । दाहाल परिवारका लागि आर्थिक सहयोग गरेको प्रसाईंले खुला रूपमा बताउँदै आएका छन् । दाहाल झापा जाँदा अधिकांश समय प्रसाईंको व्यवस्थापनमा बस्थे । ओली र दाहालबीच संघर्ष चर्किएपछि प्रसाईंले दाहालको चर्को आलोचना गर्न थाले, जसका कारण उनी ओली निकट हुन पुगे ।

ओलीको ४० महिने प्रधानमन्त्रीकालमा उनले मेडिकल कलेजको सम्बन्धन लिने कसरत गरे तर सफल भएनन् । ०७७ फागुनमा सर्वोच्च अदालतको फैसलापछि उनी एमालेमै रहे । एमाले अध्यक्ष ओलीसँग उनले ‘हजुरबा’ साइनो गाँसे । एमालेको ०७८ असोजमा ललितपुर गोदावरीमा भएको विधान महाधिवेशनमा साधारण सदस्य नभई उनी प्रतिनिधि बनेर हलमा पसेपछि चर्चामा आए । विधान महाधिवेशन सकिएपछि झापामा औपचारिक कार्यक्रम गरी एमाले प्रवेश गरे ।

०७८ मंसिरमा चितवनको सौराहामा भएको दसौं महाधिवेशनमा केन्द्रीय सदस्य हुने दौडमा लागे । उनले एमालेको ‘क्रान्तिकारी’ नेताका रूपमा दाबी गर्न सहयोगी परिचालन गरी जयजयकार गराएका थिए । महाधिवेशनको हलबाटै उनी केन्द्रीय सदस्य बन्न चाहे पनि सूचीमा परेनन् । मंसिर अन्तिम साता केन्द्रीय सदस्यमा मनोनीत प्रसाईंले अध्यक्ष ओलीकै चाहनामा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुखसमेतको जिम्मेवारी पाए ।

सशस्त्र युद्धको उत्तरार्धमा प्रसाईं माओवादीका लागि आवश्यक बन्दोबस्तीको सामान सप्लाई गर्ने एक सदस्य थिए । त्यसबेला प्रसाईंको परिवारमा सम्पत्ति विवाद भएका कारण उनी आफैं माओवादीनिकट भएको झापा माओवादीको भनाइ छ । युद्धको बलमा आफन्तलाई तह लगाउने उद्देश्यले उनी माओवादी भएका थिए । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उनी वाईसीएल कार्यकर्ता बने । वाईसीएल कार्यकर्ताले भाटे कारबाही गरी ससुराली पक्षको सम्पत्ति साला र श्रीमतीको नाममा ल्याउन सफल भएको झापाका एक माओवादी नेताको भनाइ छ ।

‘संविधानसभापछि माओवादीको नेतृत्वमा सरकार बनेपछि वाईसीएल कार्यकर्ताको मुद्दा फिर्ता लिइएको थियो,’ ती नेताले भने । माओवादी सत्तामा आएपछि प्रसाईं हेडक्वाटर निकट हुन थाले । अध्यक्ष पुष्पकमल दाहालका निजी सचिवालयका सदस्यसँग हिमचिम बढाउँदै लगे । ‘शक्तिका पुजारी’ प्रसाईं झापामा टन्न सम्पत्ति भए पनि ‘सर्वहारा’ भनेर परिचय दिन्थे । माओवादी हेडक्वाटरलाई आवश्यक गाडी र उपहार पुर्‍याउन थालेपछि उनी झन् पुलपुलिए । झापाका माओवादी नेताको विरोधका कारण उनी माओवादीको माथिल्लो समितिमा उक्लिन त सकेनन् तर सत्ता र शक्तिको पूजा गर्न छाडेनन् ।

अध्यक्ष दाहाललाई भेट्न उनलाई सचिवालयका सदस्यको अनुमति लिनु नपर्ने अवस्था बन्यो । पूर्वी नेपालतिर दाहाल जाँदा खानेबस्ने व्यवस्थापनको काम उनैले गर्थे । झापाका एक माओवादी नेताका अनुसार उनको कार्यशैली मन नपरे पनि दाहाल निकट भएकाले विरोध जनाउन सक्ने अवस्था थिएन । ‘सियो बनेर छिरेका दुर्गा फाली बनेर निस्किए,’ झापाका एक माओवादी नेताले भने ।

सर्वोच्चले एमाले र माओवादी अलग गरिदिएपछि माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तत्कालीन शिक्षामन्त्री एवं उपमहासचिव गिरिराज पोख्रेलका कारण मेडिकल कलेजले सम्बन्धन नपाएको भन्दै उनले मोटो रकम मागेको आरोपसमेत लगाए । हाल उनी प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीले देश बर्बाद गरेको भन्दै राजतन्त्र, हिन्दु राष्ट्र ब्युँताउने अभियानमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com