ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘दुरीमा रहेका’ प्रचण्ड र बाबुराम एउटै पार्टीमा उभिने तयारी


एबीसी न्यूज

काठमाडौं, १० मंसिर । करिब एक वर्षपछि फेरि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी नेसपा बीच पार्टी एकताको बहस गर्माएको छ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको पार्टी नेसपाले माओवादीसँग एकताका लागि संयोजन समिति गठन गरेको छ ।

मंसिर ६ गते बसेको केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकता अरु पार्टीसँग ध्रुवीकरणका लागि डा। भट्टराईको नेतृत्वमा समिति गठन गरेको हो । समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह छन् ।

संयोजन समितिले पार्टीको नाम, चिह्न, विचार लगायतका विषयमा निर्णय गर्ने नेताहरु बताउँछन् । माओवादी र नेसपाको वार्ता समितिको सुझाव अनुसार संयोजन समिति बनाउन उनीहरु जुटेका हुन् ।

पहिले पनि यी दुई दलबीच एकताको बहस चल्दै सेलाउँदै आएको छ । यो पटक भने एकता हुने सम्भावना प्रवल रहेको बुझाइ नेताहरुको छ ।

चुनावअघि नै भएको थियो एकताको तयारी।

०७९ मंसिर ४ को संघीय निर्वाचनअघि नै माओवादी केन्द्र र नेसपाका दोस्रो तहका नेता एकताका पक्षमा थिए । जसमा माओवादीका उपमहासचिवत्रय जनार्दन शर्मा, वर्षमान पुन, शक्ति बस्नेत र उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपाबाट सह– अध्यक्ष गंगानाराणय श्रेष्ठ लगायत सक्रिय भएका थिए ।

उनीहरुले प्रचण्ड–बाबुराम एकताबद्ध हुँदा संघ र प्रदेशमा ३–५ सिट बढी जित्न सकिने निष्कर्षसहितको दबाब बढाएका थिए । चुनावअघि अन्तिम बैठक हात्तिवनस्थित प्रचण्डको आफन्तको घरमा बस्यो । बैठकमा नेसपाका सह– अध्यक्ष गंगानारायण श्रेष्ठले पार्टी एकताको प्रस्ताव राखे । प्रचण्ड र बाबुराम पनि त्यसमा सहमति जनाउँदै एकता संयोजन समिति बनाएर जानुपर्नेमा सहमत देखिए ।

तर, पार्टी एकताका सन्दर्भमा नेसपामा मत बाझियो । नेसपाका अर्का अध्यक्ष महिन्द्रराय यादवले तत्काल एकता नगर्ने र चुनावी तालमेल गरेर जानुपर्ने मत राखे ।

त्यहीअनुरुप पार्टी एकता गर्ने उद्देश्यसहित नेसपा माओवादीको चुनाव चिह्नमा नै चुनाव लड्न तयार भयो । नेसपाले चार उमेदवार पाउँदा डा। भट्टराईकी पुत्री मानुषी यमीले काठमाडौं– ७ बाट टिकट पाइन् ।

डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा– २ प्रचण्डलाई छाडिदिए । नेसपा सह–अध्यक्ष श्रेष्ठका अनुसार, प्रचण्डलाई उक्त निर्वाचन क्षेत्रमा लैजाने प्रस्ताव भट्टराईको थियो । “डा।बाबुराम भट्टराई आफँले प्रस्ताव गरेर प्रचण्डलाई लैजानुभएको हो । विना शर्त उहाँलाई निर्वाचन क्षेत्रमा लगेर निर्वाचित गराउन लाग्नुभयो,” उनी सम्झिन्छन् ।

नेसपाबाट प्रदेशमा गंगानारायण र संघमा अध्यक्ष यादव निर्वाचित भए । बाबुराम पुत्री पराजित भइन् । छोरीका लागि आफ्नो निर्वाचन क्षेत्र छाडेको आरोप भट्टराईलाई लाग्यो । पुत्री पराजित भएपछि भट्टराई असन्तुष्ट देखिएका थिए ।

पार्टीका अर्का अध्यक्ष र सह–अध्यक्ष माओवादीको सांसदको कानुनी मान्यता रह्यो । त्यसकारण पनि पार्टी एकता छिटो गर्नुपर्ने दबाब बढिरहेको थियो ।

पार्टी एकताका लागि माओवादीका तर्फबाट उपाध्यक्ष कृष्णबहादुर महरा र नेसपाबाट गंगानारायण श्रेष्ठ रहेको वार्ता समिति बन्यो । नेसपाले एकताका लागि २०७९ चैत ३ गते ९ बुँदे प्रस्ताव पठाएको थियो । तर, त्यो प्रस्ताव अल्झियो ।

अनि दुरी बढ्यो।

आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छाडेका डा। भट्टराईले राष्ट्रपति बन्ने चाहना पनि राखेका थिए । प्रचण्ड ०७९ पुस १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि डा। भट्टराईलाई राष्ट्रपतिको सम्भावना पनि दर्शाएको एक नेता बताउँछन् । भट्टराईले त्यसमा आफू पछि हट्दिन भन्ने जवाफ दिएका थिए ।

“तपाईं राष्ट्रपति बन्ने सम्भावना बढेको छ । तपाईं सोच्नुस् भन्ने सन्देश प्रचण्डले बाबुरामलाई दिनुभएको थियो,” ती नेता भन्छन्, “गठबन्धन भत्किएपछि राष्ट्रपतिको सम्भावना अन्त्य भयो । प्रचण्डले नै सम्भावना अन्त्य भयो भन्ने जानकारी गराउनुभएको थियो ।”

राष्ट्रपतिले पनि उनीहरुबीच तिक्तताको विषय बनेको चर्चा राजनीतिक वृत्तमा चलेको थियो ।

त्यसो त, लामो समयदेखि समाजवादी मोर्चा बनाउने बहस चलिरहेको थियो । असार १ गते प्रचण्ड–बाबुरामबीचको भेटवार्तामा केही महिनाभित्रै मोर्चा घोषणा गर्ने सहमति भयो । डा। भट्टराईले मोर्चा घोषणाको तयारीमा रहेको जानकारी ट्वीटमार्फत गराएका थिए ।

तर, त्यसको तीन दिनपछि अर्थात् असार ४ गते समाजवादी मोर्चा, नेपाल घोषणा भयो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गरी ४ दल सम्मिलित मोर्चा घोषणा भयो ।

समाजवादी मोर्चाका सूत्रधार डा। भट्टराई अटाएनन् । आफू रहितको मोर्चा घोषणा भएपछि भट्टराई सन्तुष्ट रहेनन् । उनले ट्वीटमार्फत प्रधानमन्त्रीलक्षित असन्तुष्टि ट्वीटमार्फत नै सार्वजनिक गरे । त्यसले पार्टी एकताको विषयमा ब्रेक लाग्यो ।

प्रधानमन्त्री प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादवको दबाबमा आफूले नेसपाबाहेकको मोर्चा घोषणा गर्नुपर्नेको प्रष्टीकरण दिएका थिए । “बाबुरामरहितको मोर्चा छिट्टै घोषणा गर्न मलाई उपेन्द्रजीको दबाब थियो,” प्रचण्डले नेसपका नेताहरुसँगको भेटमा सुनाएका थिए ।

मोर्चामा नअटाएपछि बाबुराम माओवादीसँग एकता गर्नै नहुने अडानमा पुगे । आफूलक्षित बाबुरामका ट्वीटले प्रधानमन्त्री प्रचण्ड चिढिएको नेताहरु बताउँछन् । माओवादीले एकताका लागि पठाएको ९ बुँुदे प्रस्तावमाथि केन्द्रीय कमिटी बैठकबाट निर्णय गर्ने जवाफ दिएको थियो ।

तर, साउन १७ गतेबाट बसेको माओवादीको केन्द्रीय समिति बैठकमा उक्त प्रस्तावले प्रवेश नै पाएन् । बरु, माओवादीको पदाधिकारी बैठकले नेसपाका अध्यक्ष महेन्द्रलाई मात्रै असोज ३ गते एकतासम्बन्धी पत्र पठायो ।

भट्टराईलाई बेवास्ता गर्र्दै दोस्रो तहका अध्यक्षलाई पत्र पठाएपछि नेसपामा तरंग पैदा गर्यो । पार्टी विभाजन गर्न माओवादीले खेलेको निष्कर्षमा बाबुराम पक्ष पुगेको थियो ।

त्यतिबेला डा। भट्टराई पार्टीको कार्यक्रमका लागि भारत पुगेका थिए । उनी देशबाहिर भएकाले पत्र नपठाएको जवाफ माओवादी नेताहरुको थियो । एकपक्षीय पत्र प्रकरणले प्रचण्ड र बाबुुरामबीच संवादहीनता बढ्यो । अर्का अध्यक्ष यादव र सह–अध्यक्ष श्रेष्ठसहितका नेता माओवादीमा जाने चर्चा पनि सँगै चुलिएको थियो ।

दुई नेताबीच संवादहीनता अन्त्यको सेतूको भूमिका नेसपा सहअध्यक्ष तथा वार्ता समितिका संयोजक श्रेष्ठले खेले । उनले दुई नेताहरुलाई एक अर्कासँग संवाद गर्न दबाब दिए ।

“ठूला नेताहरुमा संवादहीनताले पनि आशंका झाँगिदै जाँदो रहेछ । दुई नेताबीचको अविश्वासको अन्त्य भएको छ । अब छिट्टै एकता हुन्छ भन्ने विश्वास छ,” श्रेष्ठ सुनाउँछन् ।

जाजरकोट भूकम्पका पीडितलाई दश लाख दिने पार्टीको निर्णयपछि चेक बोकेर डा। भट्टराई बालुवाटार पुगेका थिए । त्यहीबेला दुई नेताबीचको संवादहीनता तोडिएको थियो । औपचारिक कार्यक्रमपछि दुई नेताबीच पार्टी एकताबारे ‘वान टु वान’ वार्ता भएको थियो ।

त्यसपछि पार्टी एकताका विषयमा प्रचण्डले महेन्द्र यादव, गंगानारायण श्रेष्ठसँग थप छलफल गरे । प्रचण्डले माओवादीबाट आफू र नेसपाबाट संयोजक भट्टराई रहने गरी वार्ता संयोजन समिति बनाएर अघि बढ्ने बताए ।

उनले उक्त प्रस्ताव भट्राईसँग राखे । भट्टराई सहमत भएपछि मंसिर ३ गते पेरिसडाँडामा बसेको वार्ता समितिको बैठकले एकता संयोजन समिति बनाउन सुझाव दिने गरी नेताहरुको सहमतिलाई औपचारिकता दिएको थियो ।

साँच्चै एक होलान् त प्रचण्ड–बाबुराम ?

लामो सहकार्य अन्त्य गर्दै २०७२ असोज ९ मा पत्रकार सम्मेलन गरी बाबुरामले माओवादी परित्याग गरेका थिए । ८ वर्षपछि उनीहरु पुनः एक हुने छलफलमा छन् । अलग–अलग भएर बसे दुवै सकिने परिस्थिति बनेकाले पनि नेताहरु एकताका लागि सहमत भएको एक पदाधिकारी बताउँछन् ।

“अलग–अलग बसे उहाँहरु दुवै सकिने परिस्थिति बनेको छ । उहाँहरुको व्यक्तिगत अहंले झनै क्षति गर्छ । त्यसैले दुई नेताले दाउपेचका रुपमा लिनुहुन्न भन्ने लाग्छ,” ती नेता सुनाउँछन् ।

उनी बाबुराम कम्युनिस्टबाट छलाङ मारी समाजवादमा जानुपर्ने पक्षमा रहेको र प्रचण्ड कम्युनिस्ट छाडिहाल्नुहुन्न भन्ने पक्षमा रहेकाले एकतामा ढिलाई भएको सुनाउँछन् । दुवै नेता भएका समृद्ध गरेर जानेमा सहमत भएकाले एकता हुने विश्वास रहेको बताउँछन् ।

“बाबुराम भट्टराई कम्युनिस्ट पार्टीबाट अब हुँदैन् । भत्काउन त कम्युनिस्ट पार्टी ठीक हो । बनाउन माथि उठ्नुपर्छ भन्ने उहाँको हुनुभयो,” ती नेता भन्छन्, “तत्कालै कम्युनिस्ट केही होइन् भन्नेमा जाने बेला भएको छैन भन्ने पक्षमा प्रचण्ड छन् । तर, भएकालाई कुरालाई समृद्ध गर्नुपर्छ भन्नेमा दुवै नेता सहमत हुनुभएको छ ।”

भट्टराई पार्टीको नाम कम्युनिस्ट राख्नै नहुने अडानमा थिए । तर, पार्टीको नामको अघि नेकपा राख्न सहमत रहेको उनी निकट नेताहरु बताउँछन् । माओवादी पनि पार्टीको नाम परिवर्तन गर्न सहमत देखिएको छ ।

पार्टीको नाम नेकपा ९समाजवादी ० वा नेकपा ९समाजवादी केन्द्र० बनाउनेमा एक वर्षअघि नै नेताहरु सहमत भएका थिए । नेतृत्वको विषयमा भने टुंगिसकेको छैन । नेसपाका सह– अध्यक्ष गंगानारायण श्रेष्ठ अरु पार्टीहरुसँग पनि ध्रुवीकरण गर्दै अघि बढ्ने बताउँछन् ।

“माओवादीसँग एकता र अरु पार्टीसँग ध्रुवीकरण गर्र्दै जानेगरी एकता संयोजन समिति बनेको छ,” उनी भन्छन्, “हामी बिलिन हुन खोजेको होइन् । रुपान्तरणसहितको एकता छिट्टै हुन्छ भन्ने विश्वास छ ।”

नेसपा एकताका लागि तयार हुँदा अब माओवादीले के गर्ला भन्ने चासो बढेको छ । माओवादीले नचाहे एकता हुने देखिँदैन । प्रचण्ड आफैँ संयोजन समिति बनाउन तत्पर भएकाले एकता हुने नेताहरु बताउँछन् ।

माओवादीका महासचिव देव गुरुङ नेसपाले संयोजन समिति बनाउनु सकारात्मक भएको बताउँछन् ।

“चुनावअघि नै संयोजन समिति बनाएर जाने कुरा भएको थियो । तर, हामी एउटै चुनाव चिह्नबाट चुनावमा गयौं । बीचमा कुरा रोकियो,” उनी भन्छन्, “वार्ता समितिको सुझाव अनुसार नेसपाले संयोजन समिति बनाउनु सकारात्मक हो । हामी पनि यसबारे छलफल गर्छौं ।”

तयार हुने कम्युनिस्ट घटकसँग एकता गर्दै अघि बढिने उनको भनाइ छ । “कम्युनिस्ट पार्टीको एकता आवश्यकता हो । नेपाल कम्युनिस्ट पार्टी बनाउने पर्ने, पुनर्गठन गर्नुपर्ने, सबैको बीचमा एकताबद्ध गर्र्र्दै लैजानुपर्ने आवक्यकता हो,” उनले बाह्रखरीसँग भने, “जुन–जुन घटक तयार हुन्छन् । तयार हुनेहरुबीच एकता प्रकिया अघि बढाउनुपर्छ भन्ने हो ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com