ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजी विद्यालयलाई उछिन्दै रुपन्देहीका सामुदायीक विद्यालय


admin
श्रावण ५, २०७४ बिहीबार   ३ : ४०   बजे

वुटवल । देशभरका सामुदायीक विद्यालयहरुको बेहालत छ । कति बिद्यालयहरुमा त, विद्यार्थी भन्दा दरवन्दीवाला शिक्षक नै बढी छन् । विद्यार्थी नै नभएछि केही वर्ष अगाडी सरकारले धेरै विद्यालयहरु मर्ज गर्नु पर्यो । यसको एक मात्र कारण, शैक्षिक गुणस्तर हो । सामुदायीक विद्यालयहरुले प्रदान गर्ने शिक्षा गुणस्तरीय नहुँदा आम अभिभावक र विद्यार्थीको रोजाइमा निजी विद्यालय पर्ने गरेका छन् । तर, रुपन्देहीका केही सामुदायीक विद्यालयले भने दुनियाँलाई चकित बनाएका छन् ।

२०६८ सालय यता रुपन्देहीका सामुदायीक विद्यालयहरुले निजी विद्यालयहरु भन्दा राम्रो नतिजा हासिल गरिरहेका छन् । यहाँका धेरै सामुदायीक विद्यालयहरु राम्रो नतिजाकै कारण सरकारबाट पुरस्कृत समेत भइसकेका छन् ।

२०६८ सालको एसएलसी परिक्षादेखी रुपन्देहीका सामुदायीक विद्यालयहरुले हासिल गर्ने नतिजाले देश नै हल्लाइरहेको छ । पछिल्लो समय चर्को शुल्क असुलेर शिक्षा प्रदान गर्ने निजी विद्यालयहरुलाई समेत चकित पार्ने गरि रुपन्देहीका सामुदायीक विद्यायहरुले नतिजा हासिल गरिरहेका हुन । केही विद्यालयहरुको जनतिजा कमजोर भएपनि अधिकांश सामुदायीक विद्यालले राम्रो नतिजा ल्याएको भन्दै एक पछि अर्को पुरस्कृत भइरहेका छन् ।

रुपन्देहीको कालिका माध्यामिक बिद्यालय बिगत ५ वर्ष देखी चर्चाको शिखरमा छ । २०६८ साल यताको नतिजा हेर्दा बिद्यालयले चामत्कारीक प्रगति गरेको देखिन्छ । कुनै बेला मापदण्ड पुर्याउन नसकेर दण्डीत भएको कालिका पछिल्लो समयमा राम्रो नतिजा ल्याउने सामुदायिक बिद्यालयमा गनिएको छ । प्रयसा गरे सम्भव हुने प्रधानाध्यापक घनश्याम पाठक बताउछन् ।

कालिका पछि रुपन्देहीको मणीग्राममा रहेको शान्ति नमुना माध्यामीक बिद्यालय पनि राम्रो नतिजा ल्याउने विद्यालयमा पर्छ । २०६८ साल देखी लगातार राम्रो नतिजा ल्याउन सफल शान्ति नमुना दृष्टिबिहिनलाई पढाउने बिद्यालयको रुपमा समेत परिचित छ । शिक्षक, विद्यार्थी र अभिभावको संयुक्त प्रयासले राम्रो नजिता आइरहेको प्रधानाध्यापक कुलप्रसाद लामिछाने बताउँछन् ।

पन्देहीकै कान्ति माध्यामिक बिद्यालय पनि राम्रो नतिजा ल्याउने सामुदायीक बिद्यालयमा पर्छ । कान्तिका प्रधानाध्यापक गोबिन्द ज्ञवाली पनि विद्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिको प्रयासले नै राम्रो नतिजा आइरहेको दावी गर्छन् ।

सुकुम्बासीका छोराछोरीलाई शिक्षा दिने बिद्यालयका रुपमा परिचित नविन औद्योगिक कदरबहादुर–रिता माध्यमिक विद्यालय बुटवलको देवीनगरमा छ । यो विद्यालयको नतिजा पनि राम्रै मानिन्छ । यो विद्यालयले पनि २०६८ सालदेखी राम्रै नतिजा ल्याइरहेको छ । यस विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेत पनि विद्यार्थी र अभिभावककै कारण राम्रो नतिजा आइरहेको भन्न पछि पर्दैनन् ।

आम बुझाइमा सामुदायी विद्यालयको शैक्षिक गुणस्तार राम्रो छैन । तर, रुपन्देहीका केही विद्यालयहरुले भने यी मान्यताहरु भत्काइदिएका छन् । लगातारको राम्रो नतिजाले रुपन्देहीका सामुदायीक विद्यालयहरुमा विद्यार्थीको उपस्थिति बढ्दो छ । यी विद्यालयहरुमा अभिभावक र विद्यार्थीको नजर पर्न थालेको छ ।

यसरी हेर्दा रुपन्देहीका सामुदायीक विद्यालयहरुले शिक्षामा सरोकार राख्ने सबैलाई चकित तुल्याएका छन् । जतिजाको आधारमा हेर्दा रुपन्देहीका केही विद्यालय सुधारको लयमा देखिन्छन् । तर, राम्रो जतिजा हासिल गर्न कुन पक्षले भूमिका खेलेको छ, त्यो भने थाहा पाउन बा“की नै छ ।

शिक्षामा निजीकरण सुरु भएछि दामुदायीक विद्यालयको दवदवा अन्त्य भयो । सामुदायीक विद्यालयको एकछत्र राज खोसिनुनमा निजी विद्यालय दोषी नहुन सक्छन् । बरु, निजी विद्यालयहरुले स्पेस पाउनुमा सामुदायीक विद्यालयहरुको योगदान छ ।

सामुदायीक विद्यायलहरुको शैक्षिक गुणस्तर राम्रो नभएपछि निजी विद्यालयमा आकर्षित हुनु विद्यार्थी र अभिभावकको गल्ति होइन । सामुदायीक विद्यालयमा विद्यार्थी नै नहुने, निजी विद्यालयमा भने विद्यार्थीले सहजै नर्भानै नपाउने । अहिलेको अवस्था यस्तै छ । यसरही हेर्दा रुपन्देहीका दामुदायीक विद्यालयहरुले सबैलाई चकित बनाएका छन् ।

(दुनियाँलाई चकित बनाउने नतिजाको भित्रि कथा प्रतिक्षा गर्नु होला ।)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group