वुटवल । देशभरका सामुदायीक विद्यालयहरुको बेहालत छ । कति बिद्यालयहरुमा त, विद्यार्थी भन्दा दरवन्दीवाला शिक्षक नै बढी छन् । विद्यार्थी नै नभएछि केही वर्ष अगाडी सरकारले धेरै विद्यालयहरु मर्ज गर्नु पर्यो । यसको एक मात्र कारण, शैक्षिक गुणस्तर हो । सामुदायीक विद्यालयहरुले प्रदान गर्ने शिक्षा गुणस्तरीय नहुँदा आम अभिभावक र विद्यार्थीको रोजाइमा निजी विद्यालय पर्ने गरेका छन् । तर, रुपन्देहीका केही सामुदायीक विद्यालयले भने दुनियाँलाई चकित बनाएका छन् ।
२०६८ सालय यता रुपन्देहीका सामुदायीक विद्यालयहरुले निजी विद्यालयहरु भन्दा राम्रो नतिजा हासिल गरिरहेका छन् । यहाँका धेरै सामुदायीक विद्यालयहरु राम्रो नतिजाकै कारण सरकारबाट पुरस्कृत समेत भइसकेका छन् ।
२०६८ सालको एसएलसी परिक्षादेखी रुपन्देहीका सामुदायीक विद्यालयहरुले हासिल गर्ने नतिजाले देश नै हल्लाइरहेको छ । पछिल्लो समय चर्को शुल्क असुलेर शिक्षा प्रदान गर्ने निजी विद्यालयहरुलाई समेत चकित पार्ने गरि रुपन्देहीका सामुदायीक विद्यायहरुले नतिजा हासिल गरिरहेका हुन । केही विद्यालयहरुको जनतिजा कमजोर भएपनि अधिकांश सामुदायीक विद्यालले राम्रो नतिजा ल्याएको भन्दै एक पछि अर्को पुरस्कृत भइरहेका छन् ।
रुपन्देहीको कालिका माध्यामिक बिद्यालय बिगत ५ वर्ष देखी चर्चाको शिखरमा छ । २०६८ साल यताको नतिजा हेर्दा बिद्यालयले चामत्कारीक प्रगति गरेको देखिन्छ । कुनै बेला मापदण्ड पुर्याउन नसकेर दण्डीत भएको कालिका पछिल्लो समयमा राम्रो नतिजा ल्याउने सामुदायिक बिद्यालयमा गनिएको छ । प्रयसा गरे सम्भव हुने प्रधानाध्यापक घनश्याम पाठक बताउछन् ।

कालिका पछि रुपन्देहीको मणीग्राममा रहेको शान्ति नमुना माध्यामीक बिद्यालय पनि राम्रो नतिजा ल्याउने विद्यालयमा पर्छ । २०६८ साल देखी लगातार राम्रो नतिजा ल्याउन सफल शान्ति नमुना दृष्टिबिहिनलाई पढाउने बिद्यालयको रुपमा समेत परिचित छ । शिक्षक, विद्यार्थी र अभिभावको संयुक्त प्रयासले राम्रो नजिता आइरहेको प्रधानाध्यापक कुलप्रसाद लामिछाने बताउँछन् ।

पन्देहीकै कान्ति माध्यामिक बिद्यालय पनि राम्रो नतिजा ल्याउने सामुदायीक बिद्यालयमा पर्छ । कान्तिका प्रधानाध्यापक गोबिन्द ज्ञवाली पनि विद्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी र व्यवस्थापन समितिको प्रयासले नै राम्रो नतिजा आइरहेको दावी गर्छन् ।

सुकुम्बासीका छोराछोरीलाई शिक्षा दिने बिद्यालयका रुपमा परिचित नविन औद्योगिक कदरबहादुर–रिता माध्यमिक विद्यालय बुटवलको देवीनगरमा छ । यो विद्यालयको नतिजा पनि राम्रै मानिन्छ । यो विद्यालयले पनि २०६८ सालदेखी राम्रै नतिजा ल्याइरहेको छ । यस विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेत पनि विद्यार्थी र अभिभावककै कारण राम्रो नतिजा आइरहेको भन्न पछि पर्दैनन् ।

आम बुझाइमा सामुदायी विद्यालयको शैक्षिक गुणस्तार राम्रो छैन । तर, रुपन्देहीका केही विद्यालयहरुले भने यी मान्यताहरु भत्काइदिएका छन् । लगातारको राम्रो नतिजाले रुपन्देहीका सामुदायीक विद्यालयहरुमा विद्यार्थीको उपस्थिति बढ्दो छ । यी विद्यालयहरुमा अभिभावक र विद्यार्थीको नजर पर्न थालेको छ ।
यसरी हेर्दा रुपन्देहीका सामुदायीक विद्यालयहरुले शिक्षामा सरोकार राख्ने सबैलाई चकित तुल्याएका छन् । जतिजाको आधारमा हेर्दा रुपन्देहीका केही विद्यालय सुधारको लयमा देखिन्छन् । तर, राम्रो जतिजा हासिल गर्न कुन पक्षले भूमिका खेलेको छ, त्यो भने थाहा पाउन बा“की नै छ ।
शिक्षामा निजीकरण सुरु भएछि दामुदायीक विद्यालयको दवदवा अन्त्य भयो । सामुदायीक विद्यालयको एकछत्र राज खोसिनुनमा निजी विद्यालय दोषी नहुन सक्छन् । बरु, निजी विद्यालयहरुले स्पेस पाउनुमा सामुदायीक विद्यालयहरुको योगदान छ ।
सामुदायीक विद्यायलहरुको शैक्षिक गुणस्तर राम्रो नभएपछि निजी विद्यालयमा आकर्षित हुनु विद्यार्थी र अभिभावकको गल्ति होइन । सामुदायीक विद्यालयमा विद्यार्थी नै नहुने, निजी विद्यालयमा भने विद्यार्थीले सहजै नर्भानै नपाउने । अहिलेको अवस्था यस्तै छ । यसरही हेर्दा रुपन्देहीका दामुदायीक विद्यालयहरुले सबैलाई चकित बनाएका छन् ।
(दुनियाँलाई चकित बनाउने नतिजाको भित्रि कथा प्रतिक्षा गर्नु होला ।)







प्रतिक्रिया दिनुहोस्