काठमाडौ ६ मंसिर । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गराउन राजावादी अभियन्ता दुर्गा प्रसाईंले राजनीतिक दलहरुलाई चुनौती दिएका छन् । यो व्यवस्था परिवर्तन गरेरै छोड्ने उनको अठोट छ । हिजो एउटा पार्टी प्यालेसबाट महिलाहरुलाई लखेटिएको देखि पुरानो राष्ट्रिय गान गाएको विषयमा आफूविरुद्ध प्रहरीमा जाहेरी दिइएको घटनासम्ममा उनले एमालेमाथि आरोप लगाए ।
महिलामाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न उनले माग गरे ।
महिला सुतिरहेको ठाउँमा गएर बलात्कार गर्न खोजेछन् । त्यसलाई पक्रेर ल्याउनुपर्छ कि पर्दैन र? मानवअधिकारवादी के हेरेर बसेका छन् रु महिलावादी के हेरेर बसेका छन् र? माइती नेपालकी कोइराला दिदी कहाँ छिन् र?’ प्रसाईंले प्रश्न गरे ।राष्ट्रिय गानको प्रसंगमा उनले आफू गलत नभएको बताए ।मलाई केही नपाएर राष्ट्रिय गानको विषयमा मुद्दा हालेछन् । लाहानमा मलाई बोलाएर मुख्य अतिथि बनाए । श्रीमान गम्भीर नेपाली गाए । मेरो के गल्ति र? बज्यो धुन । आयोजक कमिटीलाई मुद्दा हाल्नु नि । त्यो राष्ट्रिय गान हिजो उनीहरुले नै सुनेर आएको होइन र? प्रचण्डले स्कुलमा गाएको होइन र, अहिले छिछि र दुरदुर गर्नुपर्छ र? गणतन्त्रमा अधिकार पनि त होला नि’, उनले भने ।
आफ्नो लडाईंलाई जीवनमरणको संघर्षका रुपमा व्याख्या गद प्रसाईंले मध्यावधि चुनाव गर्न चुनौती दिदै भने, ‘यो लडाईं जित्यौं, हामी बाँच्यौं, यो लडाईं हार्यौं हामी मर्यौं । म कि जेल जान्छु, कि मर्छु भनेर काठमाडौं आएको हो । ल एउटा काम गरौं न । अहिले मध्यावधि चुनाव गराउँ । कार्यकारीप्रधानमन्त्री जनताले चुनेको बनाउँ । राजतन्त्र र हिन्दू राष्ट्रको विषयमा जनमतसंग्रह गराउने दम छ यिनीहरुसँग र?गराएर देखाउ । यिनीहरुको एक भोट आउँदा मेरो ९९ सय भोट आउँछ’,प्रसाईंले भने।








प्रतिक्रिया दिनुहोस्