ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको प्रश्न – नारायणहिटीमा आफ्नै वंश विनाश गर्नेहरू संस्कारका कुरा गर्ने ?


एबीसी न्यूज

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटीमा आफ्नै वंश विनाश गर्नेहरु संस्कारका कुरा गर्ने रु भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार तनहुँमा आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तन र जनताको अधिकार मन नपराउनेहरुले संस्कारको कुरा गरेको बताए ।

“जसले कहिले कोतपर्व, कहिले भण्डारखालपर्व कहिले नाराणहिटीपर्व हामीले देखेको होइन त्यो रु ती मान्छेहरु आजकल संस्कारको कुरा गर्छन् । ती हो संस्कार रु कोतपर्व, भण्डारखालपर्व, नारायणहिटीमा आफ्नै वंश विनाश गर्नेहरु संस्कारका कुरा गर्ने रु लोकतन्त्रवादीहरुलाई, परिवर्तनकारी शक्तिहरुलाई रु,” प्रधानमन्त्री प्रचण्डको प्रश्न छ ।

उनले केही मानिसले साँच्चै जनता र राष्ट्र, लोकतान्त्रिक प्रणालीविरुद्ध आवाज उठाउने दुस्साहस गरिरहेको बताए । उनले आज सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका भन्दै साँच्चै हो त रु खोजेकै हो त रु भन्ने स्थिति बनेको बताए ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन पाँचै वर्ष चल्ने र कसैले हल्लाएर हल्लिन नसक्ने जिकिर गरे । आफू प्रधानमन्त्री बन्दा १५ दिन, एक महिना भए पनि राष्ट्रको पक्षमा काम गर्ने अठोट लिएको र अहिले ११ महिना सरकार चलिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रक्रिया अझै चलिरहेको भन्दै प्रहरी समायोजन ऐन, निजामती ऐन र शिक्षा ऐन छिटै कार्यान्वयनमा आउने जानकारी दिए । उक्त ऐन कार्यान्वयनमा आउनेबित्तिकै प्रदेश सरकार शक्तिशाली हुने र नागरिकले गणतन्त्रको अनुभूत गर्न सक्ने दाबी उनको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com