ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा बेरोजगारको संख्या बढ्दो, यस वर्ष आठ लाख ८५ हजार सूचीकृत


एबीसी न्यूज

काठमाडौं, २९ कात्तिक । नेपालमा बेरोजगारको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष २०७९र०८० मा भन्दा चालु आर्थिक वर्षमा नेपालमा ४३ हजार ६६९ जना बेरोजगार थपिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०र०८१ मा आठ लाख ८५ हजार १५५ जना बेरोजगारहरू सूचीकृत भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा आठ लाख ४१ हजार ४८६ जना बेरोजगार सूचीकृत भएका थिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनको लागि उक्त संख्यामा बेरोजगारहरूले आफ्नो नाम लेखाएको श्रम मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानीय तहमा रहेका श्रमिक र रोजगार सेवा केन्द्रमा बेरोजगारहरूले नाम टिपाएका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि चालु आर्थिक वर्षको पहिलो तीन महिना साउनदेखि असोजसम्म हालसम्म एक हजार ३१२ वटा आयोजना छनोट गरिएको छ ।

यसवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा ६९० जना बेरोजगार व्यक्तिहरू रोजगारीमा संलग्न भइसकेको मन्त्रालयले जनाएको छ । रोजगारीमा खटिएका व्यक्तिहरूबाट ९ हजार १६० कार्यदिन काम भएको छ ।

गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ९१ हजारभन्दा बढी बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रदान गरिएको थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७९र८० मा कुल आठ लाख ४१ हजार ४८६ जना सूचीकृत बेरोजगार भएकामा कुल ९१ हजार ५८३ जनालाई ७८ दिनको औसत रोजगारी प्रदान गरिएको थियो ।

गत आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ७२० स्थानीय तहमा कुल १३ हजार ८६३ आयोजनाहरू सञ्चालन भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com