ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप: अन्तिम खेलमा दक्षिण अफ्रिका ५ विकेटले विजयी, अफगानिस्तान छैटौँ स्थानमा


ABC NEWS

अहमदाबाद, एजेन्सी। आईसीसी एकदिवसीय विश्वकपको समूह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पछ्याएको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ विकेटको क्षतिमा १५ बल अगावै पछ्यायो ।

रासी भार डेर डुसेनले नटआउट रहँदै ७६ रन बनाएर टोलीलाई जीतसम्म डोर्याए । उनलाई एन्डिले फेलुकवायोले नटआउट रहँदै ३९ रन बनाएर राम्रो साथ दिए । ओपनर क्वीनटन डी ककले ४१ रनको योगदान दिए भने ऐडन मारक्रमले २५ तथा डेभिड मिलरले २४ रन बनाए । अफगानिस्तानका लागि मोहम्मद नाबी र रासिद खानले २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो । अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाईले नटआउट रहँदै सर्वाधिक ९७ रनको पाली खेले । शतक बनाउन मात्र तीन रनले चुकेका उनले १०७ बलमा ७ चौका र ३ छक्का हिर्काए ।

अन्य ब्याट्सम्यानहरुले भने खासै ठुलो योगदान दिन सकेनन् । रहमत शाह र नुरु अहमदले २६–२६ रन बनाए भने ओपनर रहमानुल्लाह गुरबाजले २५ रन बनाए । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोटजीले ४ तथा लुंगी एनगिडी र केशव महाराजले २–२ विकेट लिए ।

समूह चरणका ९ खेलपछि दक्षिण अफ्रिका १४ अङ्क बटुल्दै दोस्रो स्थानमा रहेको छ । टोली समूह चरणमा भारत र नेदरल्याण्ड्ससँग मात्र पराजित भएको थियो । अफगानिस्तान ८ अङ्क बनाउँदै छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com