ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालपोतका तत्कालीन ६ कर्मचारीविरूद्ध राजश्व हिनामिना आरोपमा भ्रष्टाचारको मुद्दा


एबीसी न्यूज

काठमाडौं, २० कात्तिक । मालपोत कार्यालय पर्सामा काम गरेका ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीहरूविरूद्ध आरोपपत्र दायर गरेको छ।

आर्थिक वर्ष २०७१र०७२ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेसन फाँट  का कर्मचारीहरूको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व रकम नियमानुसार दाखिला नगरी हिनामिना गरेको भन्दै उजुरी परेको थियो।

उजुरी पछि अनुसन्धान गरी अख्तियारले मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारी र तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरूद्ध मुद्दा दायर गरेको हो।

अधिकृत हरिनारायणले दुई करोड ९ लाख ३१ हजार ६ सय ४७ रुपैयाँ राजश्व दाखिला नगरी भ्रष्टाचार गरेको अख्तियार सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए।

यस्तै भुपबहादुरले एक करोड ४९ लाख ६९ हजार १४५ रुपैयाँ, गोपालबहादुरले ३५ लाख ४५ हजार ९५० रुपैयाँ, पदमप्रसादले १६ लाख ८१ हजार ६०० रूपैयाँ, चन्द्रबहादुरले २ लाख ४४ हजार ४६२ रुपैयाँ, कमोदले एक करोड ४१ हजार ४७ हजार १७१ रुपैयाँ र नासु किरणप्रसादले ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

सहायक प्रवक्ता थपलियाका अनुसार उनीहरूलाई बिगो जफत, त्यसको दोब्बर जरिवाना र कैद सजायको मागदाबी गरेको छ।

किरणप्रसाद र उनकी श्रीमतीको मृत्यु भइसकेको छ। उनीहरूको मृत्यु भएकाले फौजदारी न्यायको मान्य सिद्धान्त बमोजिम उनका छोराहरूबाट उक्त रकम असुल गर्न अख्तियारले प्रतिवादी बनाएको छ।

अख्तियारले उनका ४ जना छोरा राजकिशोर, गौतमप्रसाद, पशुपतिप्रसाद र मुरारीप्रसादलाई प्रतिवादी बनाइएको हो। सरकारलाई भएको हानिनोक्सानी बिगो दामासाहिले असुल गर्नका लागि उनीहरूलाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com