ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गा प्रसाईंलाई प्रहरीमा उपस्थित हुने चेतावनी, ओलीको ‘कम्वोडिया टेलिकमको लगानीबारे’ सोधपुछको तयारी


ABC NEWS

काठमाडौं १९ कात्तिक । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार ११ बजे प्रहरी प्रधमान कार्यालयमा उपस्थित हुने चेतावनी दिएको छ । उनी प्रहरीको निर्देशन अनुसार उपपस्थित भएर आफूमाथि लागेका आरोपको फेस गर्न तयार रहेको बताएका छन्।

प्रसाईंले आफूबाट कुनै गैरकानुनी काम नभएको दाबी गर्छन्। उनले भने, ‘मैले कुनै गैरकानुनी काम गरेको छैन। बैंकलाई बुझाउनुपर्ने ब्याज नियमति बुझाउँदै आएको छु। ममाथि लागेको आरोपको कानुनी रूपमा फेस गर्न तयार छु।’

उनीमाथि बैंकको ऋण नतिर्ने अभियान सञ्चालन गरेर गैरकानुनी काम गरेको र केही विषयमा विवादास्पद अभिव्यक्ति दिएको आरोप छ।

आफूले बैंक र सहकारीका कारण उठिबास हुन लागेका पीडितको पक्षमा बोले पनि मिडियाले गलत ढंगले प्रस्तुत गरेको उल्टोआरोप लगाउन थालेका छन् । विगत केही समय देखि प्रसाइंले केही युट्वरको माध्यमबाट व्यवस्था र उनले टार्गेट गरेका व्यवसायीहरुप्रति जथाभावी बोल्दै आएका छन् । ‘प्राईं भन्छन् – मप्रति मिडियाले लेखेको कुरामा आपत्ति छ। मैले उठिबास हुन लागेका व्यक्तिको पक्षमा बोलेको हुँ’, प्रसाईंले भने।

उनले आफू दलहरूले गरेको भ्रष्टाचारविरुद्ध लड्न तयार रहेकोसमेत उल्लेख गरे।

प्रसाईंलई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नै आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय, नक्सालमा बोलाएको प्रहरी स्रोतको दाबी छ।

प्रहरीले उनलाई उनले सार्वजनिक रुपमा बोलेका र अरोप लगाएका विषयमा प्रमाण दिएर सहयोग गर्न निर्देशन दिन लगोको प्रहरीले बताएको छ । विशेष गरी प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको कम्वोडियाको टेलिकममा भएको लगानीका बारेमा उनीसंग जानाकारी मागिनेछ । उनले जानकारी उपलव्ध गराउन नसकेमा उनीमाथि गाली बेइजजती सम्वन्धी मुद्धामा कारबाही चलाउने योजनामा प्रहरी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com