काठमाडौ १८ कात्तिक । कर्नाटक राज्यमा ट्रकले ठक्कर दिँदा रोजगारीका लागि गएका सुर्खेतका एउटै परिवारका पाँच जनाको मृत्युु भएको छ ।भारतको कर्नाटक राज्यको गुलवर्गा अवजलपुरको तलकामा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा सुर्खेत चौकुने गाउँपालिका(७ का एउटै परिवारका पाँच जना नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुर्खेत चौकुने(७ अमलाटाकुराका २७ वर्षीय रतन नेवारसहित उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा पाँच वर्षीय मिलन, अर्का छोरा दुई वर्षीय धड्कन र भाइबुहारी सुस्मिता नेवार रहेको चौकुने–७ का वडाध्यक्ष धनिराम धमलाले जानकारी दिए ।
मृतक रतनका दाइ त्यहाँकै एक अस्पतालमा उपचार गराइरहेको र उनलाई भेटेर फर्किने बेला ट्रकले ठक्कर दिइएको जानकारी प्राप्त भएको वडाअध्यक्ष धमलाले जानकारी दिए ।मृतक नेवारका परिवार एक वर्षदेखि रोजगारीका लागि भारतमै थिए ।घटनाको अनुसन्धानका लागि त्यहाँको प्रशासनसँग माग गरिएको त्यहाँ रहेका नेपालीलाई उदृत गर्दै वडाध्यक्ष धमलाले बताए ।








प्रतिक्रिया दिनुहोस्