ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोटका लागि नेपालले युएईको सामना गर्दै


एबीसी न्यूज
कार्तिक १७, २०८० शुक्रबार  ८ : ४५ बजे

काभ्रे, कातिक १७ ।  आइसिसी टी–२० विश्वकपअन्तर्गत् एसिया छनोटको सेमिफाइनलमा नेपालले शुक्रबार युएईसँग खेल्दैछ। यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ।शुक्रबार बिहान ११ बजे मुलपानी मैदानमा हुने यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ। नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्। अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो।

नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो। मुलपानी मैदानमा नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो। कीर्तिपुर मैदानमा भएको फाइनलमा भने नेपाल पराजित भएको थियो।

फाइनलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो। त्यसअघि सन् २०२२ मा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। ओमानमा भएको सो खेलमा जित हात पारे विश्वकपमा पुग्ने अवस्था थियो। तर नेपाल ६८ रनले पराजित हुन पुगेको थियो।

त्यसअघि नेपाल र युएईबीच ओमानमै भएको टी–२० सिरिजमा नेपाल २५ रनले पराजित भएको थियो। सन् २०१९ मा नेपाल र युएईबीच भएको टी–२० सिरिजमा नेपालले तीन मध्ये दुई खेलमा जित निकालेको थियो। सो सिरिजमा नेपाल पहिलो खेलमा पराजित भएको थियो। तर दोस्रो र तेस्रो खेल जित्दै नेपालले सिरिज २–१ ले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

अमेरिकाको दृष्टिमा बालेन्द्र शाह सरकार : अवसरभन्दा बढी चुनौती ? (पूर्णपाठ)

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com