काठमाडौ १५ कात्तिक । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएर लागु औषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ ।त्यस्तै उनको साथबाट २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु फेला परेको छ । प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको एसपी रेग्मीले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्