ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महासचिव गुटेरेस, जलवायु अनुकूलनको लागि छुट्याइएको रकम नेपालले पाउनुपर्छ


एबीसी न्यूज

काठमाडौं, १४ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु अनुकूलनको लागि छुट्याइएको कोषको रकम नेपालले पाउनुपर्ने बताएका छन्।

मंगलबार अन्नपूर्ण बेसक्याम्प अवलोकन भ्रमणपछि पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन्।

महासचिव गुटेरेसले जलवायु अनुकूलनको लागि बनाइएका कोषको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायत देशले पाउनुपर्नेमा जोड दिए।

यस अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण पीडित बनेको नेपाललाई समर्थन गर्न अन्य देशलाई आग्रह समेत गरे।

जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्नेमा गुटेरेसको जोड रहेको छ।

जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्नेमा उनले बताए।

‘हामीले यी अद्भुत हिमाल र हिमनदी जोगाउनुपर्छ। जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशलाई समर्थन गर्न आवश्यक छ’ गुटेरेस भन्छन्, ‘जलवायु परिवर्तनका कारण धेरै भाग भूस्खलन भएका छन्। यसका कारण धेरै समुदायमा परेको नकारात्मक असरलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु।’

उनी थप्छन्, ‘पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि धेरै कोष पनि छन्। यी कोष क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन्। त्यसको उपयोग हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com