दैलेख, ९ कातिक । युवाहरूबीच झडप हुँदा दैलेखमा एक जनाको ज्यान गएको छ । बिहीवार राति भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा भएको झडपमा सुर्खेतको वीन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।
झडपमा घाइते भएका क्षेत्रीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमल आचार्यले जानकारी दिनुभयो ।सैनचौरमा रहेको ससुराली गएका मृतक क्षेत्री र उहाँका जेठान सुमन शाहीले सिलङ्गी बजारमा मोटरसाइकल गालीगलौज गर्दै हिँडेको विषयमा स्थानीय युवाहरूसँग विवाद भएको र पछि झडप भएको स्थानीयले बताएका छन् ।
गालीगलौज किन गरेको भनी स्थानीयले सम्झाउन खोज्दा झडप भएको स्थानीय शान्ति रिजालले बताउनुभयो ।प्रहरीले घटनास्थलबाट बा ३३ प ७९५९ नम्बरको मोटरसाइकल बरामद गरेको छ । झडपमा संलग्नहरूको पहिचान भइसकेको, घटनाको अनुसन्धान र आरोपितहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्