ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले जित्यो एसीसी यू–१९ प्रिमियर कपको उपाधि


एबीसी न्यूज
कार्तिक ७, २०८० मंगलबार  ६ : १५ बजे

काठमाडौं, ७ कात्तिक ।  फाइनलमा युनाइटेड अरब इमिरेट्स यूएईविरुद्ध डकवर्थ लेविस पद्धति डीएलएस अनुसार १९ रनको जित निकाल्दै नेपालले एसीसी यू–१९ प्रिमियर कपको उपाधि उचालेको छ ।

मंगलबार मलेसियाको क्वालालम्पुरस्थित बयुमास ओभलमा भएको खेलमा नेपालले २८० रन बनाएको थियो । तर, वर्षाका कारण यूएईले १९८ रनको लक्ष्य पायो । लक्ष्य पछ्याउने क्रममा यूएई २६।१ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा अलआउट भयो ।

यूएईका ध्रुब परासरले ५९ रन बनाए । कप्तान आयन अफजल खानले ३०, आर्यन्स शर्माले ३२ र यायिन किरण राईले १७ रनको योगदान गरे ।

बलिङतर्फ नेपालका आकाश त्रिपाठीले सर्वाधिक चार, सुभाष भण्डारीले तीन, आकाश चन्दले दुई र हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको नेपाली टोलीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २८० रन बनाएको थियो ।

नेपालका कप्तान देव खनालले १०० रन बनाए । उनले ९२ बलमा नौ चौका र तीन छक्का प्रहार गरे । १४–२ को अवस्थामा रहँदा ब्याटिङमा आएका देवले तेस्रो विकेटका निम्ति अर्जुन कुमालसँग १२५ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हालेका थिए ।

अर्जुनले ७८ बलमा चार चौकासहित ५५ रन बनाए । उत्तम मगरले ५७ रन थपे । दीपक डुम्रेले २७ रन जोडे ।

यूएईका हरित सेट्ठीले चार विकेट लिए । अयान अफ्जल खान र अम्मर बडामीले समान एक विकेट लिए ।

नेपाली अपराजित रहँदै फाइनलमा पुगेको थियो । नेपालले समूह चरणका तीनै खेलमा सहज जित निकालेको थियो ।

नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । नेपालसँगै यूएई र जापानले एसिया कपमा स्थान बनाएका छन् । प्रतियोगिताको उत्कृष्ट तीन टोलीले एसिया कपमा स्थान बनाएका हुन् ।

यू–१९ एसिया कपको समूह ‘ए’मा नेपालले पाकिस्तान र भारतसँगै यूएईसँग खेल्नेछ । समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र जापान छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

अमेरिकाको दृष्टिमा बालेन्द्र शाह सरकार : अवसरभन्दा बढी चुनौती ? (पूर्णपाठ)

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com