ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिकेट विश्वकपः भारतको अपराजित यात्रा न्युजिल्याण्ड ४ विकेटले पराजित


ABC NEWS
कार्तिक ६, २०८० सोमबार   ४ : ३७   बजे

धर्मशाला (भारत)। एकदिवसीय विश्वकपमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । विश्वकपमा भारतले न्युजिल्याण्डलाई २० वर्षपछि पराजित गर्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २००३ को विश्वकपमा न्युजिल्याण्डलाई हराएको थियो ।

भारतको जीतमा फेरि एक पटक विराट कोहली नायक बने । उनले सर्वाधिक ९५ रनको योगदान दिए । उनी सचिन तेन्दुलकरको एकदिवसीयमा सर्वाधिक ४९ शतकको कीर्तिमानबाट मात्र ५ रनले चुके । उनले १०४ बलमा ८ चौका र २ छक्का हिर्काए । रवीन्द्र जडेजाले नटआउट ३९ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित शर्मा र शुभमन गिलले टोलीलाई राम्रो सुरुवात दिलाए । लोकी फर्गुसनको बलमा बोल्ड हुन अघि रोहितले ४० बलमा ४६ रन बनाए । उनले यसक्रममा ४ चौका र ४ छक्का हिर्काए । गिल पनि फर्गुसनकै शिकार बने । उनले २६ रन बनाए ।

श्रेयर ऐयरले ३३ तथा केएल राहुलले पनि क्रमशः ३३ रन र २७ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए । न्युजिल्याण्डका लागि फर्गुसनले २ तथा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल स्यान्टनरले १–१ विकेट लिए ।

यसअघि मोहम्मद शामीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए भने कूलदीप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले १–१ विकेट लिए ।

न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक १ सय ३० रन बनाए भने रचिन रवीन्द्रले ७५ रनको योगदान दिए । ग्लेन फिलिप्सले २३ रन बनाउँदा विल यङले १७ रन बनाए । अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।

प्रतियोगितामा लगातार पाँचौ जीत हासिल गर्दै भारत अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । उता हालसम्म अपराजित रहेको न्युजिल्याण्डले पहिलो हारको स्वाद चाख्न बाध्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group