ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिकेट विश्वकपः भारतको अपराजित यात्रा न्युजिल्याण्ड ४ विकेटले पराजित


ABC NEWS

धर्मशाला (भारत)। एकदिवसीय विश्वकपमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । विश्वकपमा भारतले न्युजिल्याण्डलाई २० वर्षपछि पराजित गर्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २००३ को विश्वकपमा न्युजिल्याण्डलाई हराएको थियो ।

भारतको जीतमा फेरि एक पटक विराट कोहली नायक बने । उनले सर्वाधिक ९५ रनको योगदान दिए । उनी सचिन तेन्दुलकरको एकदिवसीयमा सर्वाधिक ४९ शतकको कीर्तिमानबाट मात्र ५ रनले चुके । उनले १०४ बलमा ८ चौका र २ छक्का हिर्काए । रवीन्द्र जडेजाले नटआउट ३९ रन बनाउँदै टोलीलाई जीतसम्म डोर्याए ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ७४ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान रोहित शर्मा र शुभमन गिलले टोलीलाई राम्रो सुरुवात दिलाए । लोकी फर्गुसनको बलमा बोल्ड हुन अघि रोहितले ४० बलमा ४६ रन बनाए । उनले यसक्रममा ४ चौका र ४ छक्का हिर्काए । गिल पनि फर्गुसनकै शिकार बने । उनले २६ रन बनाए ।

श्रेयर ऐयरले ३३ तथा केएल राहुलले पनि क्रमशः ३३ रन र २७ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिए । न्युजिल्याण्डका लागि फर्गुसनले २ तथा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल स्यान्टनरले १–१ विकेट लिए ।

यसअघि मोहम्मद शामीले घातक बलिङ गर्दै ५ विकेट लिएपछि न्युजिल्याण्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो । शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए भने कूलदीप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले १–१ विकेट लिए ।

न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक १ सय ३० रन बनाए भने रचिन रवीन्द्रले ७५ रनको योगदान दिए । ग्लेन फिलिप्सले २३ रन बनाउँदा विल यङले १७ रन बनाए । अन्य ब्याट्सम्यानले खासै ठुलो योगदान दिन सकेनन् ।

प्रतियोगितामा लगातार पाँचौ जीत हासिल गर्दै भारत अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । उता हालसम्म अपराजित रहेको न्युजिल्याण्डले पहिलो हारको स्वाद चाख्न बाध्य बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com