ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनएको नयाँ नेतृत्वका लागि आज मतदान, अध्यक्षमा त्रिकोणात्मक प्रतिस्पर्धा


ABC NEWS
कार्तिक २, २०८० बिहीबार  १० : २१ बजे

काठमाडौं २ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान भइरहेको छ । मंगलबारदेखि सुरु भएको एनआरएनएको ११ औं महाधिवेसनमा आज नयाँ पदाधिकारी चयनका लागि मतदान भइरहेको हो ।

काठमाडौंमा भइरहेको महाधिवेसनमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ । विदेशमा रहेका एनआरएनले अनलाइनबाटै मतदान गर्ने व्यवस्था मिलाइएको छ । अनलाइनबाट मतदान गर्नेले गएराति १२ बजेदेखि नै मतदान गरिरहेका छन् । उनीहरुले राति १२ बजेसम्म मतदान गर्न पाउने छन् ।

एनआरएनको अध्यक्ष पदमा तीन जना उमेदवारबीच प्रतिस्पर्धा हुँदैछ । अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष डा. बद्री केसी, निर्वतमान उपाध्यक्ष राजेन्द्रकुमार (आरके)शर्मा र निवर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठ बीच प्रतिस्पर्धा हुँदैछ ।

महासचिवका उमेदवार गौरीराज जोशीले भने, विदेशमा रहनुभएका मतदाताले मतदान गरिरहनुभएको छ । उहाँहरुले आफ्नो विवेक प्रयोग गरिरहनुभएको छ । मैले सबै मतदातासँग फेरि पनि आफ्नो विवेक प्रयोग गरेर सही नेतृत्त्व चयन गर्नुहोस् भन्ने धारणा राखेको छु ।”

४ हजार २२७ मतदाताले एक जना अध्यक्ष, एक महिला र एक युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्ष लगायत ७४ जना पदाधिकारी चयन गर्नेछन् । ६ जना उपाध्यक्षका लागि १८ जनाको उमेदवारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com