ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुरविरुद्ध पत्रकार महासंघको आन्दोलन रहस्यपूर्ण – मिडिया सोसाइटी


एबीसी न्यूज

काठमाडौँ, १ कार्तिक  नेपाल मिडिया सोसाइटीले पत्रकारहरूका लागि आर्थिक प्याकेज घोषणा गरिसकेपछि नेपाल पत्रकार महासंघले कान्तिपुर पब्लिकेशन्स् विरुद्ध आन्दोलन थाल्नु रहस्यपूर्ण भएको बताएको छ ।

सोसाइटीले बुधबार विज्ञप्ति जारी गर्दै त्यस प्रकारका गैरव्यवसायिक क्रियाकलापमा नउत्रिन महासंघको ध्यानाकर्षण गराएको छ । कान्तिपुरभित्रको समस्यालाई जर्बजस्ती विवादको विषय बनाएर महासंघले मिडिया उद्योगकै हुर्मत काढ्ने घटनाको गराएको भन्दै सोसाइटीले क्षोभ प्रकट गरेको छ ।

पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले व्यवस्थापनसँग सहमति गरी आर्थिक प्याकेजहरु घोषणा भइसकेको सन्दर्भमा महासंघको केन्द्रीय नेतृत्वले कान्तिपुरविरुद्ध आन्दोलन थालेपछि सोसाइटीले त्यसमा आफ्नो गम्भीर चासो प्रकट गरेको हो ।

केही समयदेखि देशको एक महत्वपूर्ण अग्रणी मिडिया संस्था कान्तिपुर पब्लिकेशन्स् भित्रको समस्यालाई जर्बजस्ती विवादको विषय बनाएर मिडिया उद्योगकै हुर्मत काढ्ने घटनाको पटाक्षेप भएकोप्रति नेपाल मिडिया सोसाइटी गम्भीर क्षोभ प्रकट गर्दछु सोसाइटीद्वारा जारी विज्ञप्तिमा छ,ुत्यस प्रकारका गैरव्यवसायिक क्रियाकलापमा नउत्रिन नेपाल पत्रकार महासंघको जिम्मेवार नेतृत्वलाई हार्दिक अनुरोध गर्दछौं ।ु

विगत केही समयदेखि मिडिया उद्योगहरुभित्र देखिएका केही रोजगारी तथा कार्यशैलीसँग सम्वन्धित विषयलाई पत्रकारिताको हित र प्रवर्धन गर्ने भन्ने ठानिएका संस्थाहरुले नै झन् अप्ठेरो बनाउने, मिडियाको विश्वसनीयता र स्वायत्तामाथि प्रहार गर्ने काम हुँदै आएको सोसाइटीको ठहर छ ।

नेपाल पत्रकार मसहांघको केन्द्रको नाममा मिडिया हाउसलाई चेतावनी दिने तथा आफ्नो प्रतिष्ठान शाखाको निर्णय अवज्ञा गरेर जसरी पनि भिडन्तको अवस्था सिर्जन गर्ने क्रियाकलापले हामीलाई स्तब्ध पारेको छु सोसाइटीले भनेको छ,पछिल्लो समय भ्रष्टाचार, व्यथिती संगठित तस्करी लगायतका राज्य तथा शक्ति संरक्षित बेइमानी विरुद्ध र सुशासन तथा पारदर्शिताको पक्षमा कान्तिपुरलगायत नेपाली संचार गृहले गरेको पैरवीबाट धेरैथरी शक्ति केन्द्रहरु तिलमिलाउन पुगेका छन् ।

सामाजिक सञ्जालको बलमा मूलप्रवाहको मिडिया ध्वस्त पार्ने प्रत्यक्ष अप्रत्यक्ष चेतावनी समेत दिंदै आएको बेलामा कान्तिपुरभित्रको विषयलाई अनावश्यक रुपमा उछालेर आन्दोलनको घोषणाले फरक ढंगले सोच्न पर्ने अवस्था सिर्जना भएको सोसाइटीले उल्लेख गरेको छ ।

यतिसम्म कि निहित स्वार्थ समूह र केही गैरसरकारी संस्थाको नियोजित उक्साहटमा मिडिया लगानीकर्ताहरुको व्यक्तिगत बद्नामी, उनका परिवारहरुको सार्वजनिक बेइज्जती जस्ता क्रियाकलाप कथित पत्रकार जस्ता नाम जोडिएका समूह र संस्थाबाट हुनु भनेको देशकै बेइज्जती हो भन्ने कुरा स्वतः स्पष्ट छु सोसाइटीको विज्ञप्तिमा छ ।

सञ्चार गृहभित्र पत्रकार महासंघका प्रतिष्ठान शाखा गठन हुनुको उद्धेश्य नै व्यवस्थापन र पत्रकारहरुका बीचमा उत्पन्न हुनसक्ने समस्या समाधान गर्ने भन्ने रहेको सोसाइटीले उल्लेख गरेको छ । कान्तिपुर व्यवस्थापन र प्रतिष्ठान शाखाबीच वार्ता सुरु भएपछि यसलाई बिथोल्न विभिन्न स्वार्थ समूहहरु सुरुदेखि नै सक्रिय रहेका घटना सर्वाजनिक भएको उल्लेख गर्दै सोसाइटीले कान्तिपुर व्यवस्थापन र प्रतिष्ठान शाखा दुवै पक्षको अधिकतम सुझबुझले असोज २८ मा ७ बुँदे लिखित सहमति भएको घटनालाईएक उन्नत र सकारात्मक पहल ठानेको छ ।

सहमतिअनुसार कान्तिपुरले १० वर्ष, २० वर्ष र २० वर्षभन्दा माथि सेवा गरेका पत्रकारहरुका लागि तीन समूह बनाएर आर्थिक प्याकेज घोषणा गर्दै स्वेच्छिक अवकाशमा जान आह्वान गरेको छ ।

पछिल्लो विकसित संकटपूर्ण अवस्थामा सञ्चार उद्योगको निरन्तरताका लागि यसो गर्नुको कुनै पनि विकल्प छैन विज्ञप्तिमा छ, व्यवस्थापन र पत्रकार महासंघबीच सहमति भएको अर्को दिन नै नेपाल पत्रकार मसहांघको केन्द्रको नाममा मिडिया हाउसलाई चेतावनी दिने तथा आफ्नो प्रतिष्ठान शाखाको निर्णय अवज्ञा गरेर जसरी पनि भिडन्तको अवस्था सिर्जन गर्ने क्रियाकलापले हामीलाई स्तब्ध पारेको छ ।

कान्तिपुर व्यवस्थापनले लिएका कुनै पनि कदमका विषयमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार अभ्यास गर्ने अधिकार सुरक्षित नै रहेको स्मरण सोसाइटीले पनि गराएको छ । असहमतिलाई मिडिया लगानीकर्ता व्यवस्थापन र उद्योगलाई नै निशाना बनाएर बदनाम गर्ने र सामाजिक सञ्जालको दुरुपयोग गर्दै अभद्र टिप्पणी गर्ने, मिडियाको नियमित काममा अवरोध सिर्जना गर्ने क्रियाकलाप क्षम्य हुन सक्दैन साइटीले भनेको छ।

महासंघको पवित्र उद्धेश्य र गौरवपूर्ण विरासत भएपनि पछिल्लो समय महासंघभित्रको अतिराजनीतिककरण, पार्टीहरुको गुटहरुको चलखेलजस्ता विषयले महासंघको साखलाई अविश्वसनीय बनाउँदै लगेको घटनाप्रति जिम्मेवार नेतृत्वलाई सचेत रहन सोसाइटीले सल्लाह दिएको छ ।

पछिल्लो समय जसरी मूल प्रवाहको मिडिया विरुद्ध कथित अभियान चलाइएको छ, त्यसका पछाडिको स्वार्थ र योजना स्वतः बुझ्न सकिन्छ । तर पनि हामी सम्वन्धित पक्षलाई जिम्मेवार बन्न, पत्रकारिता जस्तो मर्यादित र प्राज्ञिक पेशालाई स्वयं पत्रकारको हक हित गर्ने भनिएका संस्थाबाट अवमूल्यन नगर्न र मिडियाजस्तो उच्चतम बौद्धिक अभ्यास गरिने संस्थाभित्रका कुनै पनि समस्या छलफल, सहमति तथा कानुनी बाटोबाट मर्यादित शैलिबाट नै समाधान गर्ने बाटो अपनाउन हामी आग्रह गर्दछौ सोसाइटीको विज्ञप्तिमा छ । अन्यथा उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं कथित आन्दोलनकारी भनिएका संस्था र उनीहरु संलग्न रहेका मातृ राजनीतिक पार्टी हुने सोसाइटीको चेतावनी छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिकूलताका कारण नेपाली अर्थतन्त्र धरासायी हुने, विश्वव्यापी आर्थिक महामन्दीको सबैभन्दा गहिरो संकटबाट नेपाली मिडिया उद्योग रुग्ण बन्ने अवस्थामा पुग्दै गरेको सोसाइटीको निष्कर्ष छ । सक्षम र सबल देशले शासकीय तथा कानुनी अधिकार प्रयोग गरेर पनि आर्थिक मिडिया क्षेत्रलाई जोगाउन अधिकतम् प्रयत्न गरेको तर नेपालको सरकारसँग त्यस किसिमको आशा गर्ने नसकिने अवस्थामा आएको सोसाइटीको निष्कर्ष छ । सोसाइटीका अनुसार मिडिया क्षेत्रको रुग्णताले लगानी, रोजगारी र समाचार तथा तथा विचार स्वतन्त्रतालाई समेत एकैपटक गम्भीर प्रभाव पारेको छ । मिडियाको लगानी असुरक्षित मात्र होइन, लोकतन्त्रको पहरेदार मानिने मिडिया संस्था नै रहने किन नरहने भन्ने गम्भीर चुनौतिको सामना गर्नु परिरहेको छ मिडिया सोसाइटीको चिन्ता छ ।

कुनै पनि संस्थामा जनशक्तिका विषयमा सरोकार भएमा आन्तरिक छलफलकै माध्यमबाट समाधान गरिनुपर्ने सोसाइटीको धारणा छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com