ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीले बीआरआईमा अघि सारे ८ बुँदे कार्ययोजना


एबीसी न्यूज

काठमाडौं, १ कार्तिक । चीनलाई बाँकी एसियासँगै युरोपतिर जोड्ने महत्वाकांक्षा सहित सुरु भएको बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआईसँग सम्बन्धित सम्मेलन यतिखेर बेइजिङमा भइरहेको छ ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले बीआरआई परियोजना विस्तार र यसको कार्यान्वयन बृहत बनाउनका लागि ८ बुँदे अवधारणा अघि सारेका छन् । उनले चीनदेखि युरोपको रेल निर्माणलाई तीव्रता दिने बताएका छन् भने एशियाका लागि नयाँ ढुवानी कोरिडोर निर्माण गर्ने बताएका छन् ।

बीआरआई परियोजना लागू भएका मुलुक चिनियाँ ऋण पासोमा परेको र स्वतन्त्र व्यापारको अवधारणालाई यसले निषेध गर्न खोजेको आरोप खेपिरहेको सन्दर्भमा सीले बीआरआईका लागि ८ बुँदे अवधारणा अघि सारेका हुन् ।

सीले अघि सारेको ८ बुँदे अवधारणाको पहिलो बुँदामा युरोप र एशियामा ढुवानीका लागि कोरिडोर उल्लेख छ । यस्तै दोस्रो बुँदामा अधिक स्वतन्त्र व्यापार तथा लगानी सम्झौता सहितको सिल्क रोड विद्युतीय वाणिज्य क्षेत्र बनाउने उल्लेख छ ।

तेस्रो बुँदामा चिनियाँ विकास बैंकबाट ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रितवद्धता रहेको छ । यस्तै चौथो बुँदामा हरित विकास उल्लेख छ भने पाँचौँ बुँदामा विज्ञान तथा यान्त्रिक बौद्धिकताको विकासबारे उल्लेख छ ।

छैठौँ बुँदामा यस क्षेत्रका मानिसबीच सांस्कृतिक आदानप्रदानका साथै पर्यटकीय सहकार्य उल्लेख छ भने सातौँमा पारदर्शिता सहितको सहकार्य गरिने उल्लेख छ । आठौँ बुँदामा बीआरआई सम्बद्ध संस्था र सचिवालय गठन गर्ने भनिएको छ ।

आठ बुँदे अवधारणा अघि सारेका सीले चीनले पारदर्शीरुपमा आपसी सहकार्य गर्दै सबैको साझा समृद्धिमा टेवा पुर्‍याउने बताए । ‘चीनले आफ्नो मात्रै विकास गर्न खोजेको छैन । पारदर्शीरुपमा आपसी सहकार्य गर्दै समय सापेक्ष आधुनिकीकरणको बाटोमा सबैलाई अघि बढाउनु हाम्रो लक्ष्य हो,’ सीको भनाइ उद्दृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

चिनियाँ राष्ट्रपति सीले सिल्क रोड पर्यटक प्रवर्द्धनका लागि पर्यटकीय गठबन्धन बनाउने घोषणा गरेका छन् । ‘अन्तर्राष्ट्रिय संस्था, मिडिया, थिंकट्यांक तथा सांस्कृतिक मञ्चमार्फत यस क्षेत्रमा सांस्कृतिक आदनप्रदानका लागि पर्यटकीय गठबन्धन निर्माणका साथै बीआरआई सचिवालयको स्थापना गरिनेछ,’ उनले भनेका छन् ।

यस्तै हरित विकासको प्रवर्द्धनका लागि विकसित मुलुकका १ लाख मानिसलाई तालिम प्रदान गर्ने उनको घोषणा छ । वार्षिक रुपमा विद्युतीय व्यापार महोत्सव आयोजना गर्ने उनको घोषणा छ ।

आगामी पाँच वर्षभित्र बीआरआईमार्फत वाणिज्य व्यापार ३२ खर्ब र सेवा व्यापार ५ खर्ब पुर्‍याउने लक्ष्य रहेको सीले बताएका छन् । ‘यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि ४७ अर्ब ८० करोड बराबरको वित्तिय प्रतिवद्धता रहेको छ,’ सीले सम्मेलनमा भनेको कुरा उद्दृत गर्दै सिन्ह्वाले लेखेको छ ।

यान्त्रिक बौद्धिकता ९एआई०को लोकप्रियता र चुनौती बढिरहेको अवस्थामा सीले यसको विकास र अनुसन्धानका लागि बीआरआईमा सहकार्य गर्ने मुलुकहरुमा अनुसन्धानका लागि प्रयोगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।

चीनको बीआरआईमा आकर्षण बढ्दो छ । तमाम आलोचनाका बाबजुद बेइजिङले आफ्नो प्रभाव विस्तार जारी राखेको छ ।
‘सुरक्षित एआई प्रविधिको विकास चीनको प्राथामिकता हो । यसको अनुसन्धानका लागि वैज्ञानिक प्रयोगशालाका साथै प्रत्येक वर्ष बीआरआई विज्ञान सम्मेलन गर्ने घोषणा गर्दछु,’ सीले सम्मेलनमा भनेका छन् ।

सीले स्वास्थ्य करिडोर निर्माण गर्ने पनि उल्लेख गरेका छन् । कोरोना महमाकारीको अवस्था स्मरण गर्दै सीले स्वास्थ्य संकटकालको अवस्थामा सबैलाई सहज र सरल स्वास्थ्य सुविधा तथा सामाग्री पहुँचका निम्ति स्वास्थ्य कोरिडोर आवश्यक रहेको औँल्याएका हुन् ।

के होला बीआरआईको भविष्य ?

हालसम्मको स्थितिमा बीआरआईमा १४५ मुलुकले हस्ताक्षर गरेको अवस्था छ । विश्वको कुल गाह्रस्थ उत्पादनमा ५० प्रतिशत हिस्सा योगदान गर्ने मुलुक र ७५ प्रतिशत जनसंख्याले यसमा सहभागिताका लागि हस्ताक्षर गरेका हुन् ।

बीआरआईको सबैभन्दा ठूलो परियोजना चीन(पाकिस्थान आर्थिक कोरिडोर हो । यसमा ६० अर्ब अमेरिकी डलर बराबर लगानी भएको छ । सडक, रेलमार्ग तथा पाइपलाइन निर्माणका लागि यो मात्रामा लगानी भएको हो ।

यसको लक्ष्य मध्ये एशिया, मध्यपूर्व तथा पश्चिम चीन हुँदै दक्षिण तथा दक्षिण पूर्वी एशियामा पेट्रोलियम पदार्थ पुर्‍याउनु हो । एशियाका विभिन्न मुलुकमा बीआरआईले लोकप्रियता प्राप्त गरेपनि कतिपय मुलुकमा चीनको ऋण पासोका रुपमा यस परियोजनालाई लिने गरिएको छ । परियोजनाको नाममा चीनले भूराजनीतिक हस्तक्षेप गर्ने आरोप पनि कतिपय मुलुकले लगाउने गरेका छन् ।

श्रीलंकाको हमनटोटाको उदाहरण दिँदै चीनले ऋण पासोमा पार्नेगरेको भन्दै धेरै विज्ञहरुले बीआरआईको आलोचना गरेका छन् । कम्बोडियामा परियोजनाका नाममा साउथ चाइना सीमा अवाञ्छित गतिविधि गर्ने गरेको आरोप चीनमाथि छ । केन्याको रेलमार्ग अलपत्र रहेको देखाउँदै यसमा चरम भ्रष्टाचार र अपारदर्शिता रहेको तर्क गरिन्छ ।

यसका अलावा चीनको बीआरआईमा आकर्षण बढ्दो छ । तमाम आलोचनाका बाबजुद बेइजिङले आफ्नो प्रभाव विस्तार जारी राखेको छ ।

उसले पूर्वाधारको विकास गरेर नभइ सांस्कृतिक आदानप्रदानमार्फत आफ्नो प्रभाव विस्तार गरेको हो । उसले विभिन्न मुलुकका हजारौँ विद्यार्थीलाई चिनियाँ विश्वविद्यालयमा छात्रवृत्तिमा पढाउने गरेको छ । अनुसन्धान गर्ने संस्था पीउका अनुसार मेक्सिको, अर्जेन्टिना, दक्षिण अफ्रिका केन्या र नाइजेरिमा चीनप्रतिको आकर्षण बढिरहेको छ ।

विश्लेषक ज्याकोब गन्टर भन्छन्(‘चीनले धेरै मुलुकलाई पश्चिमा अभिमुखीकरणबाट पछि त फर्काएको छैन तर आफ्नो प्रभाव गतिशिलैसँगै विस्तार गरेर उसले कुटनीतिक विजयको सुरुवात गरिसकेको छ,’ ज्याकोबले भने ।

बीआरआईमार्फत थप प्रभाव विस्तारका लागि राष्ट्रपति सी चिनफिङले पारदर्शी सहकार्यलाई जोड दिएका छन् । यसको प्रभावकारी उद्देश्यका लागि चीनले सानो र सुन्दर अवधारणा अघि सारेको छ । बीआरआई परियोजनाको प्रभावकारी कार्यान्वयन नयाँ रणनीति विना संभव नरहेको निष्कर्षमा चीन पुगेकै कारण उसले नयाँ नीति लिएको हो ।

सानो परियोजनाको सफल कार्यान्वयन गराउँदै ठूलो प्रभाव विस्तार गर्ने रणनीतिमा चीन छ । उदाहरणका लागि उसले लाइबेरियामा बाँसको उत्पादन र त्यसबाट उत्पादित सामाग्रीको बजार प्रवर्द्धन प्रणालीमा सहयोग गरेको छ । तोंगा र सामोआमा उसले बायोग्यास प्रविधिमा सहयोग गरेको छ । फिजी, पपुवा न्युगिनी, रुवान्डामा उसले च्याउ उत्पादन प्रविधिमा सहयोग पुर्‍याएको छ ।

चीनले विद्युतीय सिल्क सडकका लागि दुरसञ्चार र विद्युतीय पूर्वाधारमा ध्यान दिएको छ । पश्चिमाले चिनियाँ फाइभ जी उपकरणलाई प्रतिबन्ध लगाएको अवस्थामा यसबाट चिनियाँ कम्पनीलाई निकै फाइदा पुग्ने विश्लेषकहरु बताउँछन् । नयाँ रणनीति अन्तर्गत चीनले वित्तिय बाह्य ऋण तथा लगानीमा हाल ५० प्रतिशत कटौती गरेको अवस्था छ ।

यस्तै बीआरआईमा आवद्ध मुलुकको एकमात्र ऋणदाताबाट पनि चीन पछि हटेको अवस्था छ । सानो परियोजनामार्फत सकरात्मक प्रभाव छोडेर ठूलै लक्ष्य हात पार्ने रणनीतिमा अब चीन अघि बढेको छ । बीआरआईमार्फत साझा भविष्य सहितको विश्वसमुदाय निर्माण गर्ने चिनियाँ सपना छ । त्यसकै जग बसाउन उसले साना परियोजना सफल बनाएर आकर्षित गर्ने रणनीति अघि सारेको हो ।

गत महिना चीनले आफ्नो विश्वव्यापीकरणको परिभाषा सार्वजनिक गरेको थियो । जसमा भनिएको छ(‘वर्चश्ववादी पश्चिमा शक्तिले नेतृत्व गरेकोभन्दा अधिक निष्पक्ष, अधिक समावेशी र शून्य जालझेलको मान्यता सहित चिनियाँ विश्वव्यापीकरण अघि बढ्नेछ ।’

बीआरआईका सहकार्यका लागि सबैलाई ढोका खुला रहेको त्यस श्वेतपत्रमा उल्लेख थियो । ‘बीआरआई नीजी नभएर पूर्वाधार विकासमा सघाउने साझा थलो हो । चीनले यसमा आफ्नो मात्रै नभएर सबैको सफलतामा सहयोग गर्न चाहेको छ।’

यस परियोजनामा चीनले खर्बौँ लगानी गरिसकेको छ । आलोचना र विरोधका बाबजुद यसमा आकर्षण पनि बढिरहेको समयमा नयाँ नीतिमार्फत चीनले बीआरआईको प्रभावकारी कार्यान्वयनमा कस्तो सफलता पाउला प्रतिक्षित छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com