ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध अनुसन्धानमा चुनौती बनेपछि प्रहरीले नियन्त्रणमा लियो ८३ अफलाइन राइडरलाई


एबीसी न्यूज

काठमाडौं, २९ असोज । पठाओ र इन–ड्राइभको नाममा अफलाइन राइड गरेको भन्दै प्रहरीले ८३ जना चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले ८३ जना अफलाइन राइड गर्ने चालकहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता एवं एसपी कुमोध ढुंगेलले जानकारी दिए।

उनका अनुसार राइडरहरूले अफलाइन ड्राइभ गर्दा आपराधिक घटनामा अनुसन्धान गर्न चुनौती बनिरहेको छ। कतिपय घटनाहरू पठाओ र इन–ड्राइभकै नाममा पनि भइरहेका छन्। कतिपय भने राइडरहरूको सहयोगमा अभियुक्तहरू भाग्ने गरेका छन्। ‘आपराधिक घटनाहरूमा राइडरहरूले अफलाइन राइड गर्दा अपराध अनुसन्धानमा समस्या देखिएको छ,’ एसपी ढुंगेलले भने,‘त्यसैले हामीले यसलाई नियन्त्रण गर्न खोजेका हौं।’ अहिले नियन्त्रणमा लिइएका राइडरहरूलाई प्रहरीले हिरासतमा राख्न लागेको भने होइन। नियन्त्रणमा लिएर ती राइडरको विवरण कम्पनीमा कारबाहीका लागि दिइने एसपी ढुंगेलले बताए। गत वैशाखमा काठमाडौंको कपन सरस्वती नगरमा निरा पाण्डेको पसलमा हत्‍या भएको थियो।

धारिलो हतियार प्रहार गरी भागेका अभियुक्तले अफलाइन राइडको प्रयोग गरी भागेका थिए। जसकारण प्रहरीलाई अनुसन्धान गर्न चुनौती देखिएको एसपी ढुंगेलले बताए। पछि प्रहरीले अभियुक्तलाई झापाबाट पक्राउ गरी ल्याएको थियो। त्यसैगरी अफलाइन राइडरहरू दुर्घटनामा परी यात्रुको मृत्यु भएपछि चालक फरार हुने घटना पनि हुने गरेको प्रहरीको भनाइ छ। केही समयअघि अफलाइन राइड गरेका एक जना चालक आफैं अपहरणमा समेत परेका थिए। गत वर्ष माघमा एक जना पठाओ चालकलाई कोटेश्वरबाट अफलाइन राइड गर्न लगाएर धापाखेल पुर्‍याएपछि बन्धक बनाएर लुटपाट गरिएको थियो।

अफलाइन राइड गर्दा कम्पनीहरूले पनि बीमा सेवा दिँदैनन्। प्रहरीले सर्वसाधरणलाई पनि अफलाइन राइड नगर्न अनुरोध गरेको छ। ‘विगतका केही आपराधिक घटनाहरूमा यस्ता सवारीहरूको संलग्नता देखिएको र सुरक्षा संवेदनशीलताको दृष्टिबाट सदैव जोखिम सिर्जना हुने भएका कारणले अफलाइन राइड सेयर नगर्नेतर्फ सचेत रहन सम्पूर्ण सरोकारवालाहरू तथा आम सर्वसाधरणहरूमा जिल्ला प्रहरी परिसर, काठमाडौं हार्दिक अनुरोध गर्दछ,’ परिसरले जारी गरेको विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com