ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा आङ्वोलाई मुख्यमन्त्री बनाउने प्रचण्डको प्रयास, इन्चार्ज खनाल भन्छन्- गठबन्धनमा सहमति जुटिसक्यो


एबीसी न्यूज

काठमाडौं, २५ असोज । सत्ता गठबन्धनमा कोशी प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्र लिने भएको छ । सत्ता गठबन्धनमा भएको सहमति अनुसार माओवादीका कोशी संसदीय दलको नेता इन्द्र आङ्वोलाई मुख्यमन्त्री बनाउन बालुवाटारमा सहमति जुटेको हो ।

कोशी सरकारबारे माओवादीको नेतृत्वमा गठन गर्ने लगभग सहमति भइसकेको माओवादी कोशी प्रदेश इन्चार्ज चक्रपाणि खनालले बताए ।

उनले भने, ‘अहिले पनि छलफल चलिरहेको छ। माओवादी नेतृत्वमा सरकार बनाउन करिब करिब सहमति भइसकेको छ। तर, अहिले सबैको टुंगियो भन्न सकिँदैन। कांग्रेसले पनि तपाईँहरूको नेतृत्वमा सहमति जुट्छ भने हामीलाई आपत्ति छैन भनिसक्नुभएको छ।’

उनले कांग्रेसले आफूहरूलाई सरकारको नेतृत्व दिन तयार भएपछि आन्तरिक रूपमा अझै विवाद रहेको स्वीकारे ।

उनले भने, ‘शेखरजीको टिम सोमबार प्रधानमन्त्रीकहाँ जानुभएको थियो । उहाँले हामीलाई पहिले सहयोग गर्नुपर्‍यो भन्नुभएको रहेछ ।’

उनले कांग्रेसको नीति अनुसार दलको नेता नै मुख्यमन्त्री बन्ने विधान भएकाले शेखर पक्षले भनेको कुरामा सहमति बन्न नसकेको उनको बुझाइ छ ।

उनले थपे, ‘अहिले मध्यावधिमा जानसक्ने अवस्था छैन । सबै दल सहमत नै छन् । अहिले जहाँ सहमति जुट्छ त्यही गरौं भन्ने हाम्रो प्रस्ताव थियो। तर, हाम्रो पार्टी नेतृत्व लिनेबारे छलफल भएको छ।। त्यसबारे बिहान पनि छलफल भइरहेको छ ।’

उनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमा राप्रपासँग प्रधानमन्त्रीले गरेको छलफल पनि सकारात्मक भएको सुनाए ।

उनले भने, ‘राजेन्द्रजीसँग पनि प्रधानमन्त्रीले छलफल गर्नुभएको छ। उहाँहरू सकारात्मक हुनुहुन्छ। तर, अहिलेसम्म औपचारिक सहमति आएको छैन। उहाँहरूले मौखिक वा लिखित प्रतिबद्धता नआएसम्म भन्ने कुरा पनि भएन ।’

त्यसो त राप्रपाले कोशी सरकारबाट निर्णय गर्नको लागि भोलिका लागि पदाधिकारी बैठक बोलाएको छ।
नेता खनालले भने, ‘अब गठबन्धनभन्दा बाहिर गएर एमालेसँग मिल्ने सम्भावना सकियो। हामीले समस्याको समाधान हामीले पहिला गठबन्धनबाटै खोज्नुपर्छ। त्यही अनुसार सहमति हुन्छ ।’

कांग्रेसमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने पक्षमा एकमत हुन नसक्ने परिस्थिती बनेपछि देउवाले माओवादीलाई सरकारको नेतृत्व दिन तयार भएको बताइन्छ ।

कोशी प्रदेशमा बहुमत पुग्न ४७ सीट आवश्यक पर्छ । कोशी प्रदेशमा सत्ता गठबन्धन दलमा रहेको नेपाली कांग्रेससँग २९, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जनता समाजवादीसँग १ सीट छ ।

संविधानको धारा १६८ ९३० अन्तरगत गठन भएको हिक्मत कार्की नेतृत्वको सरकारले असोज २० गते विश्वासको मत पाउन नसक्ने देखिएपछि कार्कीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ ९५० अन्तरगत सरकार गठनको भोलि साँझसम्मको लागि समय दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com