ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परिवारको सम्पर्कमा आए दाङका प्रविण डाँगी, अस्पतालमा उपचार हुँदै


ABC NEWS
आश्विन २३, २०८० मंगलबार  १ : ५५ बजे

इजरायलमा रहेका दाङको दंगीशरण गाउँपालिका–३ हेकुलीका प्रविण डाँगी परिवारको सम्पर्कमा आएका छन्। छोरासँगको सम्पर्क टुटेपछि परिवार चिन्तामा थियो।

प्रविणका बुवा निमबहादुर डाँडीले आफूलाई इजरायलबाट छोराको फोन आएको र पुनः सम्पर्क भएको जानकारी दिए। टेलिफोन सम्पर्कका क्रममा प्रविणले आफूलाई गोली लागेको र हाल उपचार भइरहेको जानकारी गराएको निमबहादुरले बताए।

उनले भने, ‘अस्पतालबाट नर्समार्फत छोरासँग पुनः सम्‍पर्क भएको छ। खुट्टामा गोली लागेको र हाल उपचार भइरहेको छोराले जानकारी गराएको छ।’

प्रविण गत भदौ २६ मा इजरायल पुगेका थिए। सुदूरपश्चिम विश्वविद्यालयबाट उत्पादित पहिलो कृषि विज्ञ ९सिलेक्टिभ० टोलीमार्फत ११ महिनाको लागि उनी इजरायल पुगेका हुन्।

हाल प्यालेस्टाइनका हमास विद्रोहीले इजरायलमा आक्रमण गरिरहेका छन्। आक्रमणका क्रममा ठूलो संख्यामा मानिसहरु हताहत भएका समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सम्प्रेषण गरिरहेका छन्।

हालसम्म इजरायलमा रहेका १३ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। इजरायलस्थित नेपाली दूतावासले आक्रमण प्रभावित क्षेत्रमा बसोबास गरेका नेपालीसँग निकट सम्पर्कमा रहेको जनाउँदै नेपालीको सुरक्षा तथा उद्धारका साथै घाइतेहरूको उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको परराष्ट्रले बताएको छ।

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगत गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको पालन गर्न सरकारले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

सम्बन्धित

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

अमेरिकामा जाने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु –प्रचण्ड

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

बालेनसँगै अछाम पुगेका पत्रकार सिटौला अचानक ढलेपछि …

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com