ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–हमास द्वन्द्व ५५ जना सुरक्षित स्थानमा, पाँच बंकरमा रहेका नेपाली विद्यार्थीलाई सार्ने तयारी


एबीसी न्यूज

काठमाडौ, २३ असोज । इजरायलको द्वन्द्व प्रभावित दक्षिणी क्षेत्रबाट ५५ नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ । सोमबार त्यहाँबाट उनीहरूलाई सुरक्षित स्थानमा सारिएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जानकारी दिइन् ।

इजरायलको तेल अभिभस्थित नेपाल राजदूतावासका प्रथम सचिव अर्जुन घिमिरेका अनुसार उक्त स्थान प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको गाजासितको सीमाक्षेत्र हो ।

त्यहाँबाट ५५ नेपालीलाई इजरायली सेनाले सुरक्षित स्थानमा पुर्‍याएको राजदूत रिजालले बताइन् ।

“द्वन्द्व प्रभावित दक्षिण क्षेत्रबाट हिजो ५५ नेपालीलाई इजरायलको सेनाले सुरक्षित स्थानमा पुर्‍याएको छ,” उनले बाह्रखरीसित भनिन् ।

यस्तै, अशान्त रहेको उत्तरी क्षेत्रमा पाँच बंकरमा केही नेपाली विद्यार्थी रहेका उनले बताइन् । त्यहाँबाट उनीहरूलाई अर्को सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको उनले जानकारी दिइन् ।

“द्वन्द्व प्रभावित उत्तर क्षेत्रमा पाँचवटा बंकरमा नेपाली विद्यार्थी छन्,” उनले भनिन्, “उनीहरूलाई थप सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । त्यसका लागि बस तयारी अवस्थामा छ । इजरायली सेनाको अनुमति पर्खिरहेका छौँ ।”

अशान्त रहेको उत्तरको उक्त स्थान लेबनानसितको सीमाक्षेत्र भएको प्रथम सचिव घिमिरेले जानकारी दिए ।

गएको शनिबार हमासले एक्कासि इजरायलमा आक्रमण गरेपछि दुईतर्फी द्वन्द्व जारी छ । हमासको आक्रमण परी १० नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भइसकेको छ । पछिल्लो द्वन्द्वमा दुवैतर्फ गरी १५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको सीएनएनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com