ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘डेडिकेटेड’ इजलास तोकिने, न्यायाधीश नतोकिने पारिवारिक इजलास काठमाडौंबाट सुरु:


एबीसी न्यूज

काठमाडौं, २२ असोज । जिल्ला अदालत काठमाडौंबाट पारिवारिक इजलास सुरु भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौं जिल्ला अदालत पुगेर आज पारिवारिक इजलासको शुभारम्भ गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइका क्रममा पनि पारिवारिक अदालत तत्काल सम्भव नभएको भन्दै तत्कालका लागि पारिवारिक इजलास सञ्चालनमा ल्याउने बताएका थिए ।

उनले कार्यभार सम्हाल्ने क्रममा भने उत्यकका तीन जिल्लाबाट पारिवारिक इजलासको सुरुआत गर्ने घोषणा गरेका थिए । उनले सोमबार पारिवारिक इजलास शुभारम्भ गर्ने क्रममा आफ्नो घोषणा साकार हुन लागेको भन्दै खुसी व्यक्त गरे ।

“पारिवारिक इजलासको महत्व किन हुन्छ भने, यसमा हामी महिलावादी भएका अंशमुद्दा, नाताका मुद्दाहरु, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हित, सरोकार र हेरचाहसम्बन्धी जोडिएका र अत्यन्त छिटो र छरितो रुपमा किनारा गरिदिनुपर्ने खालका देवानी प्रकृतिका मुद्दाहरुलाई एउटा डेडिकेटेड बेन्च, पारिवारिक इजलासको नामबाट शुभारम्भ गरौँ भन्ने उद्देश्य हो ।

यो सायद हाम्रो न्यायिक प्रणाली र इतिहासमा पनि पहिलोपटक नै हो,” प्रधानन्यायाधीश श्रेष्ठले भने, “यसले विशेष गरी महिलावादी भएर चल्ने अंश मुद्दामा छिटो छरितो, चाँडो फैसला गर्न सक्छ भन्ने उद्देश्य हो । काठमाडौं जिल्लामा त धेरै मुद्दाको संख्या, धेरै लोड छ । तथापि, उहाँहरुलाई प्राथमिकता दिन नसकेर, उहाँहरुलाई हेरविचार गर्न नसक्ने स्थिति होला भनेर महिला, बालबालिकाका लागि एउटा फेमिली बेन्चको नामकरणबाट गरिएको छ ।”

उनले पारिवारिक इजलासले महिलाहरुको लागि केही न केही राहत दिने भन्द छिटो छरितो र विश्वास गर्न सकिने न्याय दिन सक्ने विश्वास व्यक्त गर्ने । “यो सफल भए अन्य मुद्दा पनि हामी थप्न सक्छौँ,” श्रेष्ठले भने ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले अभ्यासका क्रममा पारिवारिक मुद्दाको समूह बनाएर पेसी तोकिने जानकारी दिए । उनका अनुसार त्यसरी समूहमा पर्ने मुद्दामा गोला प्रणालीबाटै न्यायाधीश तोकिने छन् ।

“अहिलेलाई पारिवारिक मुद्दा व्यवस्थापन गर्न मुद्दाको समूह बनाइन्छ । र, गोला प्रणालीबाट पेसी तोकिन्छ,” दाहालले भने, “डेडिकेटेड इजलास हुन्छ, तर डडिकेटेड न्यायाधीश भने ताकिने छैन ।”

उनले गोला टिप्दा जसलाई पर्छ, उही न्यायाधीशले पारिवारिक मुद्दा हेर्ने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com