ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्राहकको अनुमतिबिना, खाताबाट रकम असुल्दै कुमारी बैंक :


एबीसी न्यूज

काठमाडौं, २१ असोज । कुमारी बैंकले खातावाल ग्राहक को खाताबाट विभिन्न सेवा नवीकरणको बहानामा शुल्क असुल्ने गरेको पाइएको छ।

ग्राहकको अनुमतिबिना बैंकले विभिन्न सेवा नवीकरणको बहाना देखाएर शुल्क असुल्ने गरेको पाइएको हो।

ग्राहकको अनुमतिबिना बैंकले एटीमएम कार्ड नवीकरण गर्ने र वार्षिक शुल्क लिने गरेको छ। खातावालले पहिलो पटक एटीएम कार्डको प्रयोग गर्दा ३ देखि ५ वर्षको समयावधि हुन्छ। सो अवधिका लागि ग्राहकले वार्षिक नवीकरण शुल्क तिर्नुपर्ने हुन्छ।

दोस्रो चरणको एटीएम नवीकरणको लागि ग्राहकले बैंकमा गएर नवीकरण फाराम भरेपछि मात्रै प्रक्रिया अगाडि बढ्नुपर्ने हो। तर, कुमारी बैंकले ग्राहकको अनुमति बिना नै नवीकरण गरिरहेको छ।

बैंकले आफूहरूको अनुमतिबिना नै भटाभट एटीएम नवीकरण गरेर शुल्क असुल्ने गरेको सेवाग्राहीको गुनासो छ।

यस सम्बन्धमा कुमारी बैंकका सूचना अधिकारी विकास खनालसँग बुझ्दा उनी बैंकको रणनीति अनुसार नै कार्ड नवीकरण भइरहेको बताउँछन्। कार्ड नवीकरण नहुँदा नेपाल राष्ट्र बैंकले प्रश्न गर्ने हुँदा यसलाई अनिवार्य गरिएको उनले दाबी गरे।

यता, नेपाल राष्ट्र बैंकले भने ग्राहकको अनुमति लिएर मात्र एटीएम नवीकरण गराउनुपर्ने बताएको छ।

‘प्रयोग गरिरहेको कुरा नवीकरण हुनु राम्रो हो तर, सबैलाई एटीएम लिनुपर्छ भन्ने हुँदैन,’ राष्ट्र बैंकका सहप्रवक्ता डा।डिल्लीराम पोखरेलले  भने, ‘ग्राहकको अनुमतिबिना नवीकरण गर्नु हुँदैन।’

‘ग्राहकले आवश्यक परे नवीकरण गर्न जान्छन्, आवश्यक नलागेको सेवा अनिवार्य नवीकरण गर्नुपर्छ भन्ने हुँदैन,’ पोखेरलको कथन छ।

कुमारीले तीन–तीन वर्षमा नवीकरण गर्नुपर्ने एटीएमको अवधि पाँच वर्ष पुर्‍याएको छ। त्यसमा पनि अनुमति वेगर नवीकरण गरी सेवा शुल्क बढाएर आफूहरूमाथि अन्याय गरेको ग्राहकहरू बताउँछन्।

‘मलाई एटीएम लिनुपर्ने जरुरी नै छैन। प्रायः सबै कारोबार अनलाइनबाट गर्छु,’ एक ग्राहकले भने, ‘अर्को बैंकको एटीएम पनि छ। डिजिटलाइजेसनको समय छ। धेरै एटीएम किन लिने भन्ने लागेर कुमारीको एटीएम नलिने सोचेको थिएँ।’

तर, एटीएम नवीकरण नगर्ने सोच बनाएकोमा बैंकले आफूखुशी पाँच वर्षका लागि वार्षिक पाँच सय रुपैयाँ शुल्क काट्नेगरी एटीएम नवीकरण गरिदिएको उनले गुनासो गरे।

‘बैंकले पाँच वर्षको लागि नवीकरण गरिएको भन्दै शुल्क काट्यो’ उनले भने, ‘यो वर्षको ५०० रुपैयाँ लिइसक्यो। अब वार्षिक रूपमा ५०० रुपैयाँ काटिने भनेको छ।’

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com