ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उडुसको प्रकोपले फ्रान्सेली सिनेमा घरमा दर्शक घटे


एबीसी न्यूज
आश्विन १८, २०८० बिहीबार  ४ : ३४ बजे

काठमाडौं, १८ असोज ।  फ्रान्सले यतिबेला अनौठो खालको प्रकोपको सामना गरिरहेको छ । राजधानी पेरिसका बजार, रेल, सिनेमा घर, विमानस्थल र अस्पतालमा उडुसको प्रकोप फैलिएपछि सरकारलाई टाउको दुखाइ बनेको छ ।गर्मीयाममा मानिसले पेरिसस्थित सिनेमा घरका सिटमा उडुस फैलिएको भिडियो पोस्ट गर्दै गुनासो गर्न थालेका थिए । उनीहरुले शरीरमा उडुसले टोकेका तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए । त्यसपछि रगत चुस्ने परजीवी कीराको प्रकोप मुलुकभर फैलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ । फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको बताइन्छ । यस्तो प्रकोप बढ्न थालेपछि मानिसले आउँदो वर्षको सुरुवातमा हुने ओलम्पिकसँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न गर्न थालेका छन् ।सिनेमा घरमा पनि उडुस फेला पर्न थालेपछि यसलाई गम्भीरता साथ लिइएको अधिकारीहरुले बताएका छन् । पेरिसको युजीसी बर्सी सिनेमाले दर्शकले उडुसले टोकेको गुनासो गर्न थालेपछि माफी मागेको छ । सोमबार विज्ञप्ति जारी गर्दै सञ्चालकले उडुसले टोकेका सबै पीडितप्रति माफी मागेका हुन् ।यसका लागि हल सञ्चालकले उडुसलाई मार्न कीटनाशक औषधि प्रयोग गर्ने, उच्च तापक्रम भएको पानी छर्किने जस्ता उपाय अपनाइरहेका छन् । प्रकोप फैलिएको फोटो भिडियो इन्टरनेटमा फैलिन थालेपछि पेरिसका फिल्म हलले दर्शक गिरावटको सामना गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेरिसको अर्को मल्टिप्लेक्स सिनेमा घर एमके टुले पनि उच्च तापक्रम, अन्धकार र फेब्रिकले ढाकिएका कुर्सीमा उडुस फैलिएको बताएको छ । विगत दुई(तीन दशकदेखि उडुसको प्रकोप बढ्न थालेको बताइन्छ । यो समस्या फ्रान्समा मात्र नभएर अन्यत्र पनि छ । विश्वव्यापीकरणका कारण हुने कन्टेनर प्रयोग हुने व्यापार, पर्यटन र आप्रवासन जस्ता गतिविधिले उडुसको प्रकोप बढेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

सम्बन्धित

बंगलादेश: १७ वर्ष निर्वासनपछि लन्डनबाट फर्किएका तारिक रहमान प्रधानमन्त्री बन्ने पक्का, ‘बेगमहरूको युद्ध’ को अन्त्य ?

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

टर्की संसद् रणमैदान : न्यायमन्त्रीको शपथअघि मुक्का हानाहान, सांसद घाइते (भिडियो र फोटो फिचरसहित)

थाइल्याण्डको चुनावले स्पष्ट सन्देश: सामाजिक सञ्जालको ट्रेन्ड नै मत परिणाम होइन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com