काठमाडौं, १८ असोज । सरकारले गठन गरेको सुनको अवैध पैठारी तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अनुसन्धानको निस्पक्षताबारे छानबिन गर्ने भएको छ ।
आयोगले आज पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो । आयोगका अध्यक्ष डिल्लीराम आचार्यले अनुसन्धानमा देखिएका आरोपीलाई सम्पर्कमा नआए पक्राउ गरेर भए पनि अनुसन्धान गर्ने बताए । उनले आफूहरुसँग त्यो अधिकार भएको बताए ।
मन्त्रिपरिषद्को असोज १४ गतेको निर्णयअनुसार आयोग गठन भएको हो ।









प्रतिक्रिया दिनुहोस्