ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापाको प्रश्न– रिगल ‘डन’लाई कुन आधारमा आममाफी दिइयो ?


एबीसी न्यूज

काठमाडौं, १८ असोज । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले कर्तव्य ज्यानमा जेल सजाय भोगिरहेका रिगल ‘डन’लगायत व्यक्तिलाई कुन आधारमा आममाफी दिइएको सरकारले जानकारी गराउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले संविधान दिवसका अवसरमा गम्भीर फौजदारी मुद्दामा जेल सजाय भोगिरहेकाहरूले कसरी आममाफी पाउन मिल्छ ?  भन्दै प्रश्न गरे । गलत निर्णय गर्ने सरकारले सार्वभौम संसद्मा उभिएर जवाफ दिनुपर्ने भन्दै उनले सभामुखले सोहीअनुसार रुलिङ गर्न माग गरे ।

“यो गलत निर्णय भएको छ । सरकारले यहाँ उभिएर कारण बताउनुपर्छ । यसको जवाफ दिनुपर्छ । निर्णय आफू गरेर भाग्न पाइँदैन, जवाफ दिनुपर्छ,” थापाले भने ।

सरकारमा जो रहे पनि संविधानको छिद्र चिर्दै गम्भीर अपराधका दोषीलाई कैद माफी दिन नहुनेमा उनले जोड दिए । कानुनविपरीत काम गरेर मन्त्रिपरिषद्ले राष्ट्रपति संस्थालाई विवादमा तानेको थापाको आरोप छ ।

“६७० जनालाई माफीमिना गरिएको छ । संविधानको मर्मविपरीत गम्भीर अपराधको दोषीलाई कैद माफी गरिएको छ । बदनियत ढंगबाट भएको निर्णय गलत छ । यसको विरोध स्वाभाविक छ । विरोध हुन्छ, हामी गछौँ,” उनले भने ।

यो विषय अदालतमा पुगेको र अदालतमाथि पनि प्रश्न उठाइएको भन्दै उनले संविधान निर्माणपश्चात् गठित सरकारहरूले कानुनको छिद्र प्रयोग गरिरहेको उल्लेख गरे । यसलाई सच्याउन कानुन संशोधन गर्नुपर्ने उनले बताए ।

कानुनले गम्भीर फौजदारी अपराधका विषयमा स्पष्ट लेखेको भन्दै उनले किन कैद मिनाहा गरियो रु भन्ने प्रश्न गरे ।

कानुन संशोधन नगर्ने भए फागुन ७ मा पनि यही घटना दोहोरिने उनको भनाइ छ ।

“ठूलो आर्थिक अनियमितता छ यसमा । हामीले अब कानुन फिर्ता लिएर संशोधन गरेर परिमार्जन गर्नुपर्छ । कानुनी छिद्र प्रयोग गर्नेक्रम बढ्दो छ । त्यसकारण भोलि गएर कानुनी अपव्याख्या गर्न नसक्ने बनाउन कानुन संशोधन हुनुपर्छ,” थापाले भने, “यो भएन भने फागुन ७ मा यस्तो घटना हुन्छ । भविष्यमा पनि गलत गर्न नदिन निर्देशन दिन र कानुनको प्वाल बन्द गर भनेर सभामुखले भन्न अनुरोध गर्दछु । सरकारले नसके सदनमा ल्याओस्, हामी प्वाल टाल्छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com