काठमाडौं, १७ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य आफूहरूले पुष्टि गरिसकेको दाबी गरेका छन् ।
समाजवादी प्रेस संगठन मधेश प्रदेशले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली जनताको भावना, चाहानालाई बुझ्ने पार्टी एकीकृत समाजवादी नै भएको जिकिर गरे ।
उनले भने, ‘हामीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गरेको पुष्टि त्यतिबेला नै भइसकेको हो । जुन बेला केपी ओलीले संसद विघटन गरे । संविधान मिच्ने काम गरे । त्यसलाई असफल पारेर हामीले राजनीतिक कोर्ष करेक्सन गरेका थियौं । आज हामीले मेचीबाट समाजवादी जागरण अभियान सुरू गरेका छौं । जनताको दुःख सुख, अवस्था, समस्या के छन् रु अब कसरी अगाडि बढ्ने भनेर जनताको बीचमा आएका हौं ।’
उनले कांग्रेसलाई बाहिर राखेर सरकार बनाउने कुनै तयारी नभएको स्पष्ट पारे ।
उनले भने, ‘वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ । त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ ।’
उनले कोशीमा पनि पार्टीले गठबन्धन सरकारलाई असर पर्ने गरी अर्को गठबन्धन नबनाउने बताए ।
उनले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपीलसमेत गरे । अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भू(भागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेका प्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरे ।








प्रतिक्रिया दिनुहोस्