ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको विकल्प खोज्न सबै दल र सांसदलाई, ओलीको आह्वान:


एबीसी न्यूज

काठमाडौं, १६ असोज । प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विकल्प खोज्न आह्वान गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर सम्बोधन गर्दै वर्तमान सरकार जति समय राख्यो त्यति नै देशलाई बोझ बढ्ने बताए ।

उनले देशमा सञ्चालिन परियोजना समेत सञ्चालन गर्न नसक्ने सरकारले संविधान र व्यवस्थाको रक्षामा पनि असफल भएको भन्दै सरकारको विकल्प खोज्नका लागि आह्वान गरेका हुन् ।

“सर्भिस डेलिभिरी दिन नसक्ने, डेभलपमेन्ट डेलिभरी दिन नसक्ने, केवल रित्तो कोल अथवा आइरो नहालेको जाँतो घुमाएर सत्ता भोग गर्ने पद अशक्त यो सरकारको अझैपनि औचित्य केही छ र ?, प्रश्न गर्दै ओलीले भने, “अब थप क्षति हुनबाट राष्ट्रलाई जोगाउनुपर्छ । म सबै माननीयज्यूहरूमा, सबै दलहरूमा आह्वान गर्दछु ।”

उनले देशमा सरकार प्रमुख खोज्नुपने अवस्था आएको भन्दै प्रधानमन्त्री नभए पनि देश चल्ने रहेछ भन्ने सन्देश दिएको बताए । वर्तमान सरकारले संसद् र जनता दुवैको सामना गर्न नसक्ने भन्दै यस्तो सरकार राखिरहनु उपयुक्त नहुने बताए ।

“यो सरकारले संसद् र जनतासँग फेस गर्न सक्दैन । आयोजनाहरू अलपत्र छन् । कतिपय खारेज गरिएको छ । कतिपय देखाउनका लागि निरन्तरता दिइएको छ । तर, आयोजनाहरूलाई बजेट दिइएको छैन,” ओलीले भने, “हामीले सम्पन्न पूर्वाधारको प्रयोग गरी यो आर्थिक उपार्जन गर्ने कुरा यो सरकारको प्राथमिकतामा परेन ।”

उनले सरकारको प्राथमिकता वैदेशिक ऋण लिएर कार्यकर्तालाई करारमा जागि खुवाउनेमा देखिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com