ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्कान खातुनको घाउ निको नहुँदै, सरकारले अपराधी छोडिदियो : ओली


एबीसी न्यूज

काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले एसिड आक्रमणमा परेकी मुस्कान खातुनमाथि एसिड आक्रमण गर्ने अपराधीलाई सरकारले कैदमुक्त गरिदिएको बताए ।

“हामीले एसिड आक्रमण खास गरी हाम्रा छोरीहरुको सुरक्षाका लागि कडा कारबाही हुने गरी संसद् नभएर अध्यादेशबाट कानुन ल्याउनुप¥र्यो । चार वर्ष नहुँदै मुस्कान खातुन– जो नेपालमा मात्र नभएर अन्तर्राष्ट्रियरुपमा पनि परिचित छन्, तर सरकारले घाउ निको नहुँदै उन्मुक्ति दिएको छ,” ओलीले भने, “उनको उपचार गरिदिन नसक्ने, अपराधीलाई उन्मुक्ति दिने काम भएको छ ।

मस्कान खातुन रोएर हिँडेकी छन् । तर, सरकारले अस्ति छोडिदियो । फागुन १ गतेको उत्सवमा छोड्यो कि संविधान दिवस भनेर छोड्यो मलाई एकीन भएन ।”

उनले मुस्कान खातुनलाई एसिड हान्ने अपराधीलाई अदालतले १० वर्ष कैद फैसला गरेको भन्दै त्यस्ता व्यक्तिलाई छोडिएको बताए ।

“मुस्कान खातुनको अहिले पेटको छाला टाँस्नुपरेको छ, तिघ्राको छाला काटेर टाँस्नुपरेको छ । अप्रेसन चलिरहेको छ । सरकारले अपराधी छोडिदियो । यो देशमा न्याय छैन ?  प्रश्न गर्दै ओलीले भने, “हिजो गृहमन्त्रीले हेटौँडामा गएर खोक्नुभयो– सुशासनको अभियान रोक्न संगठित अभियान चलिरहेको छ । कसले रोक्यो तपाईँको सुशासन, भेपमा सुन तस्करी हुन्छ, अनुसन्धानले संलग्न व्यक्ति देखिन्छ ?  उसलाई छानबिन गर्न कुन सुशासन विरोधीले रोकेको थियो ?

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com