काठमाडौं, १४ असोज । नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलनको आयोजना गर्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजेबाट सुरु हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालै सम्पन्न चीन भ्रमण, पार्टीको तीन महिने अभियान तथा विभिन्न समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटा जानकारी दिए ।
गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड त्यतैबाट असोज ५ गते चीन प्रस्थान गरेका थिए । एक साता चीनमै रहेका प्रधानमन्त्री प्रचण्ड शनिबार दिउँसो नेपाल फर्किएका छन् ।








प्रतिक्रिया दिनुहोस्