काठमाडौँ, १२ असोज । पशुपतिको जलहरी प्रकरणको अनुसन्धान गरेका शेरजङ्ग कार्कीको निधन भएको छ । शुक्रबार बिहान अस्पताल पुर्याइँदै गर्दा उनको निधन भएको हो । उनी हाल राष्ट्रपतिको कार्यालयमा सहसचिव थिए । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा हुँदा उनकै नेतृत्वमा पशुपतिको जलहरी प्रकरणको अनुसन्धान भएको थियो ।
कार्की गत असार २० गतेदेखि राष्ट्रपति कार्यालयमा हाजिर भएका थिए । कार्यालयमा उनी कानुन महाशाखाका सहसचिव थिए । ५२ वर्षीय कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याइँदै उनको निधन भइसकेको नर्भिक अस्पतालले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्