ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काेसी प्रदेशसभामा एमालेबाहेकले संसदीय दललाई पूर्णता दिएनन्, माओवादीमा दलका नेतामात्र चयन


एबीसी न्यूज

काठमाडौं, १० असोज । कोसी प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी एमाले बाहेकले संसदीय दलको कार्यसमितिलाई अझै पूर्णता दिएका छैनन् । प्रदेशसभा सञ्चालन नियमावलीको परिच्छेद २३ मा दलको कार्यालय र त्यससम्बन्धी व्यवस्था छ । यसअनुरुप दलले आफ्नो सदस्यहरूको विवरण सभालाई उपलब्ध गराउनु पर्छ । दललाई आफ्नो छुट्टै विधानसमेत निर्माण गर्ने अधिकार छ ।

हाल कोसी प्रदेशसभामा ६ वटा दल छन् । तीमध्ये एमालेले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसमेत चयन गरी कार्यसमितिलाई पूर्णता दिएको छ । सभामा सबैभन्दा ठूलो दल एमाले संसदीय दलको नेता हिक्मत कार्की छन् । अहिले उनले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् । एमाले उपनेता रामबहादुर मगर, प्रमुख सचेतक रेवतिरमण भण्डारी र सचेतक कमला दर्नाल छिन् । दर्नाललाई संसदीय दलले आइतबार सचेतक नियुक्त गरेको हो ।

यसअघि सो जिम्मेवारीमा रहेकी सिर्जना राई प्रदेशको सामाजिक विकास राज्यमन्त्री नियुक्त भएकी छन् । राईको स्थानमा एमालेले तेह्रथुमकी सांसद दर्नाललाई सचेतक नियुक्त गरेको हो । प्रमुख सचेतक भण्डारीले भने, “हामीले सबैभन्दा पहिले पदाधिकारी चयनदेखि दललाई पूर्णता दिने काम गरेका हौं ।” कोसी प्रदेशसभामा सभामुखसहित एमालेका ४० सांसद छन् ।

सभामा दोस्रो ठूलो दल नेपाली कांग्रेसका २९ सांसद छन् । कांग्रेसले भने संसदीय दललाई पूर्णता दिइसकेको छैन । संसदीय दलको नेता उद्धव थापा, उपनेता हिमाल कार्की र प्रमुख सचेतक भुपेन्द्र राई छन् । कांग्रेसले सचेतक भने चयन गर्न बाँकी छ । प्रमुख सचेतक राईले चाँडै नै पूर्णता दिने तयारी रहेको सुनाए ।

तेस्रो ठूलो दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले दलको नेताबाहेक अरु पदाधिकारी चयन गरेको छैन । माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो छन् । माओवादी सांसद दुर्गाप्रसाद चापागाईंले आफ्नो पार्टीले दलमा पदाधिकारी चयन गर्न बाँकी रहेको बताउँदै भने, “अहिले सबै निर्णय र दलको प्रतिनिधित्व दलका नेताले नै गर्दै आउनु भएको छ । हामीले दललाई पूर्णता दिन आग्रह गरिरहेका छौं ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दलको नेता र प्रमुख सचेतक चयन गरेको छ । उपेनता र सचेतक चयन गर्न बाँकी छ । राप्रपा सांसद सविना बजगाईंले भनिन्, “बाँकी पदाधिकारी चयन गर्ने विषयमा दलको बैठकमा पनि छलफल अघि बढेको छैन ।” प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । दलको नेता भक्तिप्रसाद सिटौला र प्रमुख सचेतक अमरबहादुर विष्ट छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले दलको नेताको जिम्मेवारीमा राजेन्द्र राई छन् । सभामा ४ सांसद रहेको समाजवादीले पदाधिकारी चयन गर्नेबारे थप केही छलफल नगरेको सांसद विद्या चाम्लिङले बताइन् ।

कोसी प्रदेशसभामा एक जनामात्र सांसद रहेको जनता समाजवादी पार्टी ९जसपा०मा निर्मला तावा लिम्बू दलको नेता छिन् । कोसी प्रदेशसभा ९३ सदस्यीय छ । सभामुख बाबुराम गौतमले आफ्नो पदबाट राजीनामा दिएपछि सभामुख चयन गर्न बाँकी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com