ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी कांग्रेस कब्जा गर्न लाग्यौँ, जनता अरुले कब्जा गरिसके : अर्जुननरसिंह केसी


एबीसी न्यूज

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेताहरू पार्टी कब्जा गर्न खोजिरहँदा जनता भने अर्कैको कब्जामा गइसकेको बताएका छन्।

सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनताले पार्टीसँग आक्रोशसँगै विकल्प पनि खोज्न थालिसकेको बताएका हुन्।

उनले कांग्रेसका नेताहरु पार्टी कब्जाको दौडमा निस्किरहँदा जनता भने अन्य कसैले पकडमा लिइरहेको बताएका छन्।

‘हामी अहिले आ(आफ्नो ढंगले पार्टी कब्जाको दौडमा छौँ। सभापतिजीले पनि गरिराख्नुभएको होला, हामी पनि गरिराखेका छौँ’, उनले भने, ‘हामी सबै पार्टी कब्जा गर्न खोजिरहेका छौँ, जनता अर्कैले कब्जा गरिसकेका छन्।’

केसीले अहिलेको निराशा र असन्तुष्टिबाट जनता ठूला दलबाट आक्रोशित मात्रै नभएर विकल्प खोज्न लागिसकेको सुनाए। यदि जनताले विकल्प खोज्न थालेको कुरालाई आत्मसाथ नगरे आगामी निर्वाचनमा ठूलै संकट आउने उनले बताए।

केसीले काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन आउनुलाई गम्भीर भने।

‘सिंहदरबारमा आगो लगाउँछु भन्दा पनि लाखौँको समर्थन मिलिरहेको छ’, उनले भने, ‘समाजको मनोविज्ञान अराजकतातर्फ धकेलिएको छ।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com