नुवाकोट, ७ असोज । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।
घटनाको १३ वर्षपछि नुवाकोटको विदुर नगरपालिका–१२ का लुप्पा भनिने ३९ वर्षीय सुब्बा तामाङ आइतबार पक्राउ परेका हुन् । गाउँमै आफन्तको घरमा लुकिछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नुवाकोट प्रहरीका डिएसपी खगेन्द्रबहादुर खड्काले तामाङलाई चितवन पठाइएको बताए ।
तामाङविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा चितवन जिल्ला अदालतले दोषी ठहर गर्दै १३ वर्ष कैद र एक लाख जरिवाना सुनाएको थियो । नुवाकोट प्रहरीले फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा बुझाएको हो ।
डा. श्रेष्ठको ४ जेठ २०६७ मा अपहरण भएको थियो । तामाङसहित ६ जनाविरुद्ध चितवन जिल्ला अदालतले श्रेष्ठको अपहरण र तीन किलो सुन फिरौती मागेको प्रकरणमा २४ जेठ २०६९ मा कैदसहित जरिवाना तोकेका थियो ।








प्रतिक्रिया दिनुहोस्