ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सत्तापक्षका प्रस्ताव बोकेर बालकोट गए एमाले नेता


एबीसी न्यूज

काठमाडौं, ७ असोज । सुन तस्करी प्रकरणमा छानबिन गर्ने न्यायिक समितिलाई दिइने कार्यादेशबारे सत्तापक्षले तय गरेका प्रस्ताव बोकेर एमाले नेताहरू अध्यक्ष केपी शर्मा ओली निवास बालकोट गएका छन् । गृह मन्त्रालयमा आइतबार दिउँसो भएको छलफलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सचेतक महेश बर्तौला सहभागी थिए ।

सुन तस्करी सम्बन्धमा छानबिनका लागि गठन गर्ने समितिको कार्यादेश के हुने भन्ने विषयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बैठक बसेको थियो । उक्त बैठकमा सत्तापक्षबाट कानुन परिवर्तन गर्नुपर्ने भएमा त्यसका लागि सुझाव पेस गर्ने, राज्यका संरचना परिवर्तन गर्नुपर्ने भए सुझाव पेस गर्ने र प्रहरीको सीआईबीले सुन तस्करीबारे दिएका प्रतिवेदन अध्ययन गर्ने कार्यादेश दिनुपर्ने प्रस्ताव पेस गरेका थिए ।

यी प्रस्तावमाथि एमालेको आधिकारिक धारणा के हुने भन्ने विषयमा छलफल गर्नका लागि पौडेल र बर्तौला बालकोट गएका हुन् ।

बैठकमा कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रबाट प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए । समिति गठनबारे सकारात्मक छलफल भएको लेखक र बर्तौलाले बताएका छन् ।

यसअघि एमालेले संसद् अवरोध गरेपछि सत्तापक्ष र प्रतिपक्षबीच सुन तस्करीका विषयमा छानबिन गर्नका लागि न्यायिक आयोग गठन गर्ने सहमति भएको थियो । समिति असोज ५ मा गठन गरिसक्ने भनिए पनि अझैसम्म कार्यादेशमा पनि सहमति भइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com