ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको वाग्मती अधिवेशन : नेतृत्वका लागि दुई केन्द्रीय सदस्यसहित चार मुख्य दाबेदार


एबीसी न्यूज

काठमाडौं, ३१ भदौ ।  प्रतिपक्षी नेकपा एमाले प्रदेश अधिवेशनको चटारोमा छ । लुम्बिनी प्रदेशले नयाँ नेतृत्व पाइसकेको छ भने असोजभित्रै बाँकी प्रदेशको अधिवेशन हुँदै छ ।

त्यसमध्ये अब वाग्मती प्रदेशको अधिवेशन पहिले हुनेछ । असोज ८ र ९ गते हुने अधिवेशनको तयारी तीव्र भइरहेको नेताहरू बताउँछन् ।

अधिवेशनका लागि प्रतिनिधि चयनको काम अन्तिम चरणमा पुगेको प्रदेश अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए ।

“प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको छ । दुुईवटा पालिकाको मात्रै बाँकी छ । सम्भवतः आजै सकिन्छ,” उनी भन्छन् ।

प्रत्यक्ष निर्वाचन र मनोनीत पाँच प्रतिशत गरी करिब एक हजार २५० जना प्रतिनिधि रहनेछन् ।

अधिवेशन काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् ।

काठमाडौं महानगरको इन्चार्जसमेत रहेका पोलिट्ब्युरो सदस्य रामेश्वर फुँयालले अधिवेशनमा काठमाडौंका विभिन्न स्थानबाट र्‍याली अधिवेशनस्थल पुर्‍याउने तयारी भइरहेको जानकारी दिए ।

जो दाबेदार छन्
वाग्मतीको हालको कमिटी ४७७ सदस्यीय छ । अब बन्ने कमिटी झण्डै आधा हुनेछ । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्य निर्वाचित गर्नेछ ।

प्रदेश अध्यक्षको नेतृत्वका लागि चारजना मुख्य दाबेदार देखिएका छन् । अधिवेशनमा दुईजना केन्द्रीय सदस्य प्रतिनिधि बनेका छन् ।

बहालवाला प्रदेश अध्यक्ष केशवराज पाण्डे, केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहाल तथा वाग्मतीका पूर्वसभामुख सानु श्रेष्ठ नेतृत्वका लागि लविइङमा छन् ।

प्रदेश अध्यक्ष पाण्डे नेतृत्वका विषयमा छलफल भइनसकेको बताउँछन् । सहमतिको प्रयास गरिने उनको भनाइ छ ।

“नेतृत्वको बारेमा हामीले अहिले छलफल गरेका छैनौं । अरु साथीहरूको पनि दाबेदारी रहे सहमतिबाट टुंग्याउन प्रयास गर्छौं,” उनी भन्छन् ।

केन्द्रीय सदस्य ढुंगेलले नेतृत्वका लागि आफ्नो दाबेदारी रहेको बताए ।

“प्रतिनिधि सबै आइसक्नुभएको छैन । प्रतिनिधिहरूको आशय र पार्टीको मनोविज्ञान मतर्फ देखिए नेतृत्वका लागि तयार छु,” उनी भन्छन्, “म नेतृत्वको उमेदवार हुँ ।”

पार्टीले केन्द्रीय सदस्यलाई पोलिट्ब्युरो सरहको मान्यता दिएकाले पनि प्रदेशको आकांक्षा राखेको उनले सुनाए ।

“प्रदेशको अध्यक्षलाई पोलिट्ब्युरो सदस्य बराबर मान्यता दिएको छ । केन्द्रीय सदस्य प्रदेशमा ओर्लने, पद घटुवा हुने भन्ने कुरा हुँदैन । यो कार्यकारी पद हो,” उनी भन्छन् ।

ढुंगेल ०४८, ०५१, ०६४ र ०७० मा चारैपटकको निर्वाचनमा पराजित भएका थिए । ०७४ को निर्वाचनमा रामेछापको प्रदेशतर्फ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । उनी वाग्मतीको आर्थिक मामिलामन्त्री पनि भएका भए ।

त्यस्तै, अर्का केन्द्रीय सदस्य दाहालले आफू नेतृत्वको दाबेदार भएकाले नै प्रतिनिधि भएको बताए ।

“नेतृत्वको दाबेदार भएकाले नै केन्द्रीय सदस्य प्रतिनिधि बनेर आएको हो । छलफल भइरहेकै छ,” उनले  भने ।

०४८ र ०५६ मा पनि सांसद बनेका दाहाल ०७४ मा मकवानपुर– १ बाट निर्वाचित भएका थिए । उनी प्रतिनिधिसभाको अर्थ समितिको सभापति पनि भएका थिए ।

वाग्मतीका पूर्वसभामुखसमेत रहेका श्रेष्ठ पनि प्रतिनिधि भएर आएका छन् । उनले पनि नेतृत्वका लागि दाबेदारी प्रस्तुत गरिरहेको एक नेताले बताए । उनी एमालेको पूर्वपोलिट्ब्युरो सदस्य हुन् । श्रेष्ठ ०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश कबाट निर्वाचित भएका श्रेष्ठ सभामुख बनेका थिए ।

“पार्टीको पहिले पोलिट्ब्युरो सदस्य भइसक्नु भएका सानु श्रेष्ठ पनि प्रतिनिधि भएर आउनुभएको छ । उहाँले नेतृत्वको दाबेदारी गरिरहनुभएको छ,” ती नेताले सुनाए ।

अर्का एक नेताका अनुसार मुख्य दाबेदारी यी चार नेता देखिएका छन् । अध्यक्षमा प्रदेशका वर्तमान सचिव विजय सुवेदी, उपसचिव रत्ना गुरुङ पनि आकांक्षी देखिएका छन् । सर्वसम्मतिको पहल, पहिले नै उमेदवारी घोषणा नगर्न निर्देशन

प्रदेश नेतृत्व सकेसम्म सर्वसम्मत बनाउने प्रयत्नमा नेताहरू देखिन्छन् । प्रदेश कमिटीले प्रतिनिधि छनोट गर्दा नै उमेदवारी दिने दिनभन्दा अघि उमेदवारी घोषणा नगर्न निर्देशन दिइएको छ । वाग्मतीका अध्यक्ष पाण्डेले पहिले नै घोषणा नगर्न सर्कुलर जारी गरेको बताए ।

“अधिवेशनमा उमेदवारी दिने दिनअघि नै कसैले अरुको उमेदवारी र स्वःघोषणा नगर्न सर्कुलर जारी गरेका छौँं,” उनी भन्छन् ।

पाण्डेले मूल नेतृत्व सहमतिमा नै गरियोस् र आफूहरूको पहल रहने पनि बताए ।

उनी भन्छन्, “मूल नेतृत्व सहमतिमै टुंगियोस् भन्नेमा हाम्रो पहल रहन्छ । वाग्मतीभित्र सहमति गर्न सक्छौँ भन्ने लाग्छ ।”

पोलिट्ब्युरो सदस्य फुँयालले पनि सहमतिको प्रयास गरिने बताए ।

“हामी सर्वसहमतिको प्रयासमा छौँ । अन्तिम समयसम्म सर्वसहमतिको प्रसास गर्छौं,” उनी भन्छन्, “सर्वसहमति नभए डिजिटल भोटिङ हुन्छ । नतिजा पनि छिट्टै आउँछ, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com